fbpx

जारी अधिवेशनबाट राजधानी र नाम टुंगो लाग्छ : मुख्यमन्त्री 

चैत १६, विराटनगर ।  प्रदेश १ को स्थायी राजधानी र नाम  संसदको जारी अधिवेशनबाट टुंगो लगाउने मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले जारी संसद अधिवेशनबाट राजधानी र नमाङकरणको बिषय टुंगो लगाउने  बताएका हुन्  ।
जारी अधिवेशनबाट राजधानी र नाम टुंगो लागेपछि सरकार बजेट अधिवेशनकालागि जुट्ने मुख्यमन्त्री राईको भनाई छ ।  प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाउन प्रदेश सरकारले काम गरिरहेको उनले दाबी छ ।
कृष्णहरि जस्ता १५ सचिव चाहिन्छ 
सूचना अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले स्थापना भएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मुख्यमन्त्री राईले  राष्ट्रीय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाको खुलेर प्रशंसा गरे ।
कृष्णहरि इमान्दार र कर्तब्य निष्ट राष्ट्र सेवक भएको बताउदै उनले भने ‘उहाँ जस्ता १५ जना सचिव र १५ जना मन्त्री भइदिए नेपालको अवस्था बेग्लै हुने थियो ।’
मुख्यमन्त्री राईले पदको भ¥याङ चढेर पुस्तौ पुस्ताकालागि आर्जन गर्नेहरुका कारण हरेक क्षेत्रमा समस्या देखिएको बताए ।
आफू निष्ठाको राजनीति गर्ने बताउँदै उनले सबैले स्वार्थ भन्दामाथी उठेर देश विकासका बारेमा सोेच्नु पर्ने बताए ।
उनले आगामी भदौ अगावै प्रदेशमा सूचनाको हकसम्बन्धी कानून पनि निर्माण गरिने जानकारी दिए । कानुन बनेसंगै प्रदेशमा प्रदेश सूचना आयोग गठन गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

17 + twelve =

Loading...