fbpx

प्रश्नपत्र बाहिरिपछि प्रदेश नम्बर २ को एसईई स्थगित


काठमाडौं, चैत १५ ।

सरकारले प्रदेश नम्बर २ को एसईई परीक्षा स्थगित गरेको छ । शुक्रबार सम्पन्न सामाजिक र विहिबार सम्पन्न विज्ञान विषयको प्रश्नपत्र परिक्षा अघि नै बाहिरिएपछि सरकारले एसईई परिक्षा स्थगित गरेको हो । यस्तै भोली सनिवार हुने जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र बाहिरिएको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि एसईई परिक्षा बद्नाम बनेको छ ।

प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको अनुरोध अनुसार चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । स्थगित परिक्षा कहिलेदेखि सुरु हुन्छ भन्ने टुंगो भने भएको छैन् ।

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न भनेको हो । परीक्षा तालिका पछि प्रकाशित हुनेछ ।

भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । विहिबार रद्ध गरि २२ गतेलाई तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ ।

प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी छन् ।

Koshi Online

FREE
VIEW