fbpx

प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्ध


सप्तरी, चैत्र १४ ।

प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) को विहिबार हुने विज्ञान विषयको प्रश्नपत्र बाहिरिए पछि परिक्षा रद्ध भएको छ । विहिबार सप्तरी, सिरहा लगायत केही जिल्लामा एसईई परीक्षा सुरु हुनुअगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएको हो ।

परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र आउट भएको पुष्टि भएका कारण प्रदेश नं २ को विज्ञान विषयको परीक्षा रद्द गर्ने निर्णय भएको शिक्षा विकास निर्देशनालय प्रदेश नं २ जनकपुर धामका निर्देशक रामाकान्त शर्माले जनकारी दिए ।

सिरहाबाट प्रश्नपत्र आउट भएको हल्ला चलेपनि प्रमाणित हुन नसकेको र सिरहाको कुनै केन्द्रबाट आउट नभएको र यसबाट सिरहा जिल्लाको परीक्षामा कुनै किसिमको असर नपरेको जिल्ला शिक्षा समन्वय इकाई सिरहाका प्रमुख दोलराज पाण्डेले बताए ।

यस्तै परीक्षाको मर्यादा बिपरित कार्य गरेको भन्दै परिक्षा अनुगमन टोलीले सिरहाको लहान नगरपालिका स्थित पशुपति माविबाट ५ र ब्रहमान गोरछारीबाट ५ जना गरी १० जना परिक्षार्थीको परीक्षा रद्द गरिएको पाण्डेले बताएकाछन । त्यसै गरि प्रेदश २ बाट कुल ७२ हजार ४९ परक्षार्थी सहभागी भएका थिए ।

परिक्षा रद्ध गरि कार्यालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ । बोर्डका सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।

समितिको सदस्यमा प्रदेश २ अन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालयका प्रमुख रमाकान्त शर्मा, शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली र बोर्डकै शाखा अधिकृत रमेश अधिकारी छन् ।

समितिले १५ दिनभित्र प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर बोर्डलाई प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ । अनिवार्य ६ वटा विषयका प्रश्नपत्र प्रदेश अनुसार फरक फरक बनाइएकाले प्रदेश २ मा विहिबार रद्ध भएको परिक्षा चैत्र २२ गतेलाई तोकिएको छ ।

Koshi Online

FREE
VIEW