किरियापुत्री भेट्न जादाँ मन्त्रीलाई फूलमाला !


विराटनगर, चैत्र १० ।

सामान्य कुरामा ध्यान नदिदाँ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समाजिक सञ्जालमा मजाकको पात्र बनेका छन् ।

हुन त मन्त्री तथा नेताहरुको माला मोह पनि अचम्मकै छ । कहिले ज्यान भन्दा ठुलो माला लगाएर, कहिले तीन चार जनाले एउटै माला लगाएर लोक हसाउने काम भईरहदाँ लालबाबु पनि यसमा जोडिए ।

कहाँ माला लगाएर जाने र काँहा नजाने भन्ने ज्ञानलाई मपाइत्वले थिचेको कारण पनि यस्तो हुन सक्छ ।

पहिलो पटक मन्त्री हुदाँ डिभी र पिआरधारी कर्मचारीको विरोध गरेर चर्चामा आएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित किरियापुत्री भेट्न माला भिरेर पुग्दा विवादमा तानिएका छन् ।

बर्तमान सरकारको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका पण्डित किरियापुत्री भेट्न जादाँ माला लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

काठमाडौंबाट शनिवार विराटगर आएका पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागि भएर मातृ शोकमा रहेका नेकपा नेता महेश भट्टराईलाई सान्तवना दिन उनकै घरमा पुगेका थिए ।

सयपत्री फुलको माला लगाएर विराटनगर– ३ स्थीत भट्टराईको घर पुगेका पण्डितले सामुहिक तस्बीर खिचाएका थिए ।

किरियापुत्रीसँग मन्त्रीले माला लगाएको फोटो सार्बजनिक भएपछि उनको आलोचना भएको हो ।

एकसाता अघि भट्टराईकी ८७ बर्षिय आमा पबित्रादेवीको निधन भएको थियो ।

दुःखका बेला श्रदान्जली अर्पण गर्न पुगेका मन्त्रीले किरिया पुत्रीसँग माला लगाएको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ ।

मन्त्रीको एक छेउमा महेश र उनका दाजु छन् । अर्काे छेउमा भने नेकपा केन्द्रिय सदस्य महेश रेग्मी उभिएका छन् ।

परोपकार अभियानको कार्यक्रममा सहभागि भएपछि सिधै भट्टराईको घरमा श्रदान्जली दिन पुगेको मन्त्रीका स्वकीय सचिव मनोज राईले बताए ।

माला लगाएको तस्बीर खिचिएको बिषयमा भने उनले अनविज्ञता प्रकट गरे । शनिवार विराटनगर आएका मन्त्री पण्डित आइतबार लाहान पुगेका थिए ।

Loading...