fbpx

‘ट्वीनी गर्ल्स’लाई दर्शकको अपार माया (भिडियोसहित)

विराटनगर, चैत १०
पछिल्लो समय युटुबमा शिशीर भण्डारीको नयाँ गीतले चर्चा कमाएको छ । उनको ‘हाम्रो माया जिन्दाबाद’ बोलको गीतले युटुबमा निकै नै दर्शकको माया पाएको छ ।

उक्त गीत टिकटकका दुई दिदीबहिनी ‘ट्वीन्नी गर्ल्स’का कारण चर्चित भएको हो भन्नुमा कुनै विल्प छैन । यस गीतको भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ ।

यद्यपि, यस गीतको अडियो पनि उत्तिकै राम्रो छ । उनीहरूको अभिनयले अझ सुनमा सुगन्ध थपिएको छ । शिशीरकै शव्द रहेको गीतमा राजनीति र माया मिश्रण गरी शव्द कोरिएको छ । यस गीतमा प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको जोडीसहित दीपा र दमन्ताको जोडीसहित एक जोडी जुम्ल्याहा युवकको जोडीसमेत भिडियोमा देख्न सकिन्छ ।

सोही गीत अहिले युटुबको ट्रेन्डिङमा आफूलाई उभ्याइरहेको छ । यसअघि ट्रन्डिङको शीर्ष स्थानमा पनि रहेको यस गीत अहिले पाँचौं स्थानमा छ । सो गीतले २ करोडभन्दा माथि भ्युज पनि कमाइसकेको छ । गीतमा एक लाखभन्दा बढीले लाइक गरेका छन् भने आठ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् ।

यसरी हेर्दा प्रिज्मा र प्रिन्सीलाई दर्शकले अपार माया गरेको देख्न सकिन्छ । गीतमा शिशीर र बिन्दु परियारको स्वर रहेको छ । दीपक सिलवालको संगीत तथा शिशिर भण्डारीको शब्द रहेको उक्त म्युजिक भिडियो सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

Koshi Online

FREE
VIEW