fbpx

प्रताप दासको गीतमा ‘कार्टुन्ज क्रु’ को यस्तो डान्स (भिडियोसहित)

विराटनगर, चैत ९
चर्चित डान्स ग्रुप कार्टुन्ज क्रुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । कार्टुन्ज क्रुको धमाकेदार नृत्य रहेको ‘बस बस रे’ बोलको म्युजिक भिडियो शनिबार रिलिज भएको हो ।

चर्चित रियालिटी शो ‘नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको स्वरमा रहेको उक्त गीतको भिडियोमा कार्टुन्ज क्रुको डान्स रहेको छ । गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

उक्त गीतमा भने गायक दासलाई गायिका अञ्जिला रेग्मीले साथ दिएकी छन् । डीपी खनालको शब्द तथा भीम बिसीको संगीतमा बनेको उक्त गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

https://youtu.be/sEo70BboVGA

Koshi Online

FREE
VIEW