fbpx

पाँचौं महिला साफ : इतिहास रच्ने सपना अधुरै हुदाँ खेलाडीको गहभरी आँशु

विराटनगर, चैत्र ८ ।

चार पटक फाइनल सम्मको यात्रा । चारै खेलमा प्रतिस्पर्धी एउटै तर सबै खेलमा पराजय । नेपाली महिला फुटबल टाेलीले भोगेको बास्तविकता हो यो ।

सन २०१० बाट सुरु भएको साफ महिला च्याम्पियन्समा तीन पटक भारतसँग पराजित भएको नेपालकालागि शुक्रबार चौथो पराजयको सृङखला थपियो । चार पटक फाइनल प्रवेश गरेको नेपाल चारै पटक भारतसँग स्तब्ध हुन पुग्यो । अझ २०१४ मा सेमिफाइनलमा भारतसँग पराजित हुदै बाहिरिएको थियो ।

दक्षिण एसियाको पावर हाउस मानिएको भारतलाई एक खेलमा बरावरी र एक खेलमा पराजित गरेको नेपाली टोली शुक्रवार मैदान उत्रदा जित्ने उच्च मनोबलमा थियो । विराटनगरको सहिद रंगशालामा घरेलु दर्शकको साथ पाएको नेपालले पहिलो हाफ सम्म भारतमाथी हावी थियो । तर दोस्रो हाफ आफ्नो लय गुमाएको नेपाल ३–१ ले पराजित हुदै हारको सृङखलालाई निरन्तरता दिन बाध्य भयो ।

नेपालकालागि साबित्रा भण्डारीले एक गोल गरिन् । २३ औ मिनेटमा भारतले फ्रिकिक मार्फत गोल गरेपछि दबाबमा परेको नेपाललाई साबित्राले ३३ औ मिनेटमा हेड मार्फत गोल गर्दै खेलमा फर्काएकी थिइन् ।

पहिलो हाफ १–१ को बरावरीमा रोकियो । दोस्रो हाफको सुरुवात देखि नै दबाबमा रहेको नेपालले थप २ गोल खार्दै ३–१ गोल अन्तरले पराजित भयो ।

भारतसँग पराजित भएपछि पाँचौं पटक नेपाल निराश हुन पुग्यो । खेलपछि प्रतिक्रिया दिदै प्रशिक्षक हरि खड्काले हारको सम्पूर्ण जिम्मेवारी आफू लिने बताए । दोस्रो हाफमा खेलाडीले स्टाटेजी कमजोर हुदाँ पराजित हुनुपरेको उनले सुनाए ।

खेलाडीका गहभरी आँशु

लगातार फाइनलमा पराजित हुदै उपबिजेता बन्दा पीडा कस्तो हुन्छ भन्ने बुझ्न नेपाली महिला खेलाडीलाई हेरे पुग्छ । नौ हजार भन्दाबढी घरेलु दर्शकको साथ पाएर मैदान उत्रिएका खेलाडीहरु पराजित भएपछि रुदै समर्थकलाई अविवादन गरे ।

नेपाली खेलाडीको अवस्थाले दर्शकलाई पनि भावुक बनाएको थियो । तर खेलाडीलाई सान्तवना दिन दर्शकले उठेर ताली बजाइरहे । प्रतियोगिता हेर्न पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि खेलाडीहरुलाई सान्तवना दिने प्रयत्न गरे ।

हुन त भारतविरुद्ध गोल गर्दा साबित्राको आखाँमा पानी आएको थियो । फाइनलमा एक गोलगरेपछि साबित्राले खुसीले रोएकी थिइन् ।

साबित्राले गोल गर्दा नेपालकालागि एउटा नयाँ रेर्कड बन्यो । भारत विरुद्ध गरेको गोलले सावित्रा नेपाली महिला फुटबलको इतिहासमा उच्च गोलकर्ताको दोस्रो स्थानमा पुगेकी छन् ।

२२ वर्षकी सावित्राको राष्ट्रिय टिमका लागि २७ खेलबाट यो २६ औं गोल हो । उनले २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानसँगको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन । नेपालका बढी गोलर्ताको रेर्कड अनु लामाको नाममा छ । उनले २८ खेलमा ३५ गोल गरेकी छन् ।

साफमा व्यक्तीगत चार गोल गरेकी साबित्रा र भारतकी इन्दुमतीले संयुक्त रुपमा बढी गोलकर्ताको उपाधि जिते । इन्दुमती कथिरसेनले पनि चार गोल गरेकी थिइन् ।

प्रतियोगितामा फाइनल खेलको मोस्ट भ्यालुएभल प्लेयरको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन । यस्तै बंगलादेशले ‘फेयर प्ले टिम अवार्ड’ जितेको छ । समूह चरणमा भुटानलाई जितेको बंगलादेश समूह चरणमै नेपालसँग र सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Loading...