fbpx

सुमित खड्काको गीतमा मुख्यमन्त्रीको होली डान्स (फोटो फिचर)

विराटनगर, चैत ७ ।

रङहरुको पर्व होली तराईमा धुमधामका साथ मनाइएको छ । बुधवार काठमाडौं उपत्यका सहित मनाइएको होली बिहिवार तराईका जिल्लाहरुमा मनाइएको हो ।

होली मनाउने क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले डान्स गरेका छन् ।

बिहिवार बिहान नेकपा मोरङले आयोजना गरेको कार्यक्रममा पुगेका मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्री जीवन घिमिरे, संघिय संसद अमनलाल मोदी सहितका नेता कार्यकर्तासँग डान्स गरेका हुन् ।

नेकपा पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रम सकेर विराटनगर महानगरपालिका पुगेका मुख्यमन्त्री राईले त्यहाँ पनि डान्स गरेका थिए ।

मुख्यमन्त्री राईसँगै प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलगायतका नेताहरुले होलीमा सामुहिक डान्स गरेका थिए ।

गायक समित खडकाले गाएको होलीका गीतहरुमा महानगरमा पनि आधा घण्टा भन्दाबढी मेयर पराजुली मुख्यमन्त्री राई, प्रदे प्रमुख गोबिन्द तुम्बाहाङले डान्स गरेका हुन् ।

विराटनगर महानगरपालिकामा आयोजना गरिएको होली बिषेश कार्यक्रममा कलाकार दिपाश्री निरौला पनि पुगेकी थिइन् ।

होलीको अवसरमा पत्रकार महासंघ मोरङले पनि कार्यक्रमको आयोजना गरेको थियो । महासंघको कार्यक्रममा पनि पराजुली नृत्य गर्न पुगेका थिए ।

होलीको अवसरमा विराटनगर सहित पूर्वको इटहरी, धरान, दमक, विर्तामोड सहितका स्थानमा कार्यक्रमहरु आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Loading...