अञ्जु पन्तले गाइन् पूर्वेली लोक गीत (भिडियोसहित)

विराटनगर, चैत ५
गायिका अञ्जु पन्त आधुनिक विधामा सर्वोत्कृष्ट गायिका मानिन्छिन् । हुनतः यदाकदा लोक गीतमा पनि आवाज दिएकी उनका धेरैजसो आधुनिक गीत र गजलहरू छन् ।

तर, उनको आवाजमा सजिएको पूर्वेली भाकाको लोक सर्वजनिक भएको छद । सम्भवतः उनले पहिलो पटक यस्तो भाकाको गीत गाएकी हुन् । उनको आवाज रहेको ‘सलल बग्ने’बोलको पूर्वेली भाकाको लोक गीत सार्वजनिक भएको हो ।

मंगलबार सार्वजनिक भएको उक्त गीतमा अञ्जुलाई गायक इन्द्र कार्कीले गायनमा साथ दिएका छन् । इन्द्र कार्कीकै शब्द रहेको उक्त गीतमा पूर्ण गुरुङको संगीत एवं संयोजन छ । गीतको भिडियोमा भने अञ्जली अधिकारी र एलएन श्रेष्ठ फिचर्ड छन् ।

उत्सव दाहालको छायांकनमा बनेको उक्त गीतको भिडियोमा प्रकाश धितालको निर्देशन छ । गीतको भिडियोमा पूर्वका विभिन्न मनोरम दृश्यहरू देखाइएको छ । उक्त भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

Loading...