रोमान्टिक मूडमा देखिए कविता र निराजन (भिडियासहित)

विराटनगर, चैत ४
चर्चित डान्सिङ रियालीटी शो ‘बुगी वुगी’ विजेता कविता नेपालीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा अति नै ब्यस्त बन्न थालेकी कविता अभिनति ‘मरुभूमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सोमबार युटुबमा सार्वजनिक भएको सो म्युजिक भिडियोमा कवितालाई मोडल निराजन प्रधानले अभिनयमा साथ दिएका छन् । भूषण राईको स्वरमा सजिएको उक्त गीतमा संगीत एवं शब्द दुवै गायक भूषण राईकै छ ।

यता भिडियोमा भने अर्जुन अधिकारीको निर्देशन तथा उत्सव दाहालको छायांकन छ । यस्तै भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् ।

Loading...