fbpx

विवादमा सिंघीया खोलाको बाँध

विराटनगर, चैत ३
विराटनगरस्थित सिंघीया खोलामा बाँध बनाइएपछि विवाद भएको छ । खोलाको जलाधार क्षेत्रमा बाँध बनाएर खोलाको जग्गा अतिक्रमण गर्न खोजिएको सो क्षेत्रका स्थानीयले आरोप लगाएका छन् ।

विराटनगरको वडानम्बर १ र २ तथा कटहरी गाउँपालिकाको वडा नम्बर–१ भएर बग्ने धनावत घाटस्थित सिंघीया खोलामा पूर्वर्फबाट बाँध बनाइएपछि विवाद भएको हो । पश्चिमतर्फ विराटनगर र पूर्वतर्फ कटहरी गाउँपालिका पर्ने सो ठाउँको सिंघीया खोलामा कटहरीका जग्गाधनीले खोलाको पानी बग्ने ठाउँबाटै तारजाली र ढुंगाबाट ग्याबिङ गरेर बाँध बनाएपछि स्थानीयबासीले बिरोध जनाएका हुन् ।

खोला क्षेत्रमै बाँध बनाइएपछि त्यसका कारण विराटनगरपट्टि डुबान हुने खोला क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी परिवारले गुनासो गरेका छन् । विराटनगर–१ गंगा टोलकी स्थानीय लक्ष्मी रायले खोलाको पूर्वपट्टि तटबन्ध बनाइएको कारण वर्षायाममा खोलाले धार परिवर्तन गर्ने र आफूहरू डुबानमा पर्ने गुनासो गरिन् ।

सिंघीया खोलाको पूर्व–उत्तरतर्फ ढुंगा र तारजाली प्रयोग गरेर १ सय ६५ मिटरको बाँध बनाइएको छ । जसमध्ये पुल बनाउने निर्माण पक्षले ६० मिटर र बाँकी ६५ मिटर कटहरीतर्फका जग्गाधनीले निजी खर्चमा बनाउन लगाएको बताइएको छ ।

बाँध बनाएर खोलाक्षेत्र अतिक्रमण गर्न खोजिएको स्थानीयले दाबीसमेत गरेका छन् । त्यसरी बाँध बनाइएका कारण खोलाले बहाव परिवर्तन गर्ने र खोला छेउका बासिन्दा डूबानमा पर्ने स्थानीय पंकज बर्माको भनाइ छ ।

विराटनगर–२ का वडाध्यक्ष पोखरेलले बाँध बनाइएको कारण खोला पश्चिमतर्फका बासिन्दा प्रभावित हुने बताए । उनले सरोकारवाला पक्षसँ सरसल्लाह नगरी एकतर्फीरुपमा बाँ बनाइएकाले खोला क्षेत्रको जग्गा छुट्टयाउन छानबीन हुनुपर्ने बताए ।

केहिदिन अघिमात्र खोलाको पूर्वतर्फका जग्गाधनीले त्यहाँ बाँ बनाएका हुन् । खोलाको पूर्वतर्फ सो ठाउँमा विभिन्न ८ जनाको नाउमा ४९ कट्ठा जग्गा रहेको बताइएको छ । जग्गाधनीमध्येका एकजना गोकर्ण माझीले उक्त ठाउँमा आफूहरूले २०५० सालमा समूहगत जग्गा खरीद गरेको बताए ।

उनले आफूहरूले खरिद गरेको ४९ कट्ठा जग्गामध्ये खोलाले कटान गरेका कारण हाल ४३ कट्ठामात्र बाँकी रहेको बताए । बाँकी रहेको आफ्नो जग्गा संरक्षण गर्न आफूहरूले नै बाँध बनाएको उनले जानकारी दिए । बाँध बनाएको ठाउँभन्दा अझ पश्चिम खोलामा आफूहरूको थप दुई मिटर जग्गा रहेको उनको दाबी छ ।

प्रतिक्रिया

5 × three =

Loading...