birat ribon

सिरी ‘ए’ : रोनाल्डोबिनाको युभेन्टस जेनोआविरुद्ध भिड्दै, कायम राख्ला अपराजित यात्रा ?

Neuro
सिरी ‘ए’ : रोनाल्डोबिनाको युभेन्टस जेनोआविरुद्ध भिड्दै, कायम राख्ला अपराजित यात्रा ?

Padelux insider
cura insider

विराटनगर, चैत ३
इटालियन लिग सिरी ‘ए’मा आज लिग लिडर युभेन्टसले आफ्नो २८ औं खेल खेल्दैछ । जारी लिगको २८ औं साताअन्तर्गतको खेलमा युभेन्टसले आज जेनोआविरुद्ध खेल्न लागेको हो ।

जारी लिगमा अपराजित रहेको युभेन्टसले नेपाली समयअनुसार साँझ ५ः१५ बजे जेनोआविरुद्ध खेल्न लागेको हो । यो खेल जेनोआनाको घरेलु मैदानमा हुनेछ ।

यस खेलमा युभेन्टस आफ्नो अपराजित यात्रा कायमै राख्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । यो सिजन युभेन्टस उच्च लयमा रहेको युभेन्टसले २७ खेल खेल्दासम्म आफ्नो अपराजित यात्रा कायमै राखेको छ । युभेन्टसले २४ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ७५ अंक बनाएको छ ।

युभेन्टस शीर्ष स्थानको टोली हो भने जेनोआ १३ औं स्थानको टोली हो । साबिकको विजेता तथा यस लिगको सर्वाधिक ३४ पटकको विजेता टोली युभेन्टसले आज जेनोआको घरेलु मैदानमै उसलाई हराउन चाहान्छ ।

यसैगरी युभेन्टसले आजको खेलमा जेनोआलाई हराउँदै उभन्दा पछि रहेका टोलीविरुद्ध अंकदूरी बढाउने लक्ष्य लिएको छ । अहिले युभेन्टस दोस्रो स्थानको नापोलीभन्दा १८ अंकले अगाडि छ । समान खेल खेलेको नापोलीसँग ५७ अंक छ ।

यता आज युभेन्टससँग आमने–सामने हुन लागेको जेनोआसँग ३० अंक । उसले समान खेल खेल्दा ७ खेलमा जित, ९ खेलमा बराबरी र ११ खेलमा पराजय भोगेको छ । आजको खेलमा जेनोआले युभेन्टसलाई हारको स्वाद चखाउन चाहान्छ ।

आजको खेलमा रोनाल्डो खेल्छन् त ?

आजको खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेल्दैनन् । किनकी, युभेका प्रशिक्षक मासिमिलियानो अलेग्रीले उनलाई प्रारम्भिक खेलाडीको सूचीमा राखेका छैनन् ।

युभेन्टसले सार्वजनिक गरेको यस सूचीमा पिजानीक, माटुइडी, इम्रे कान, पाउलो डेबाला, मान्डुज्कीक र किन लगायतका खेलाडीहरू छन् ।

jackson ribon