birat ribon

लामो समयसम्म एउटै भित्री वस्त्र लगाउनाले हुन्छन् यस्ता बेफाइदाहरू

Neuro
लामो समयसम्म एउटै भित्री वस्त्र लगाउनाले हुन्छन् यस्ता बेफाइदाहरू

Padelux insider
cura insider

ब्यस्त भएका कारण होस् या अल्छी भएका कारणले होस् केही मानिसहरू लामो समयसम्म पनि एउटै भित्री वस्त्र लगाउँछन् । मयल परेर गन्ध आइसकेपछि पनि उनीहरूले उक्त भिस्त्री वस्त्र फेर्ने काम गर्दैनन्, जसकारण उनीहरू विभिन्न रोगको संक्रमणको शिकार बन्छन् ।

लामो समयसम्म सफा नगरिएका भित्री वस्त्र लगाईरहँदा छालाका रोगसहित विभिन्न समस्या देखिने गर्दछ । पसिना, मरेका कोष अनि बाहिरी फोहोर जम्मा भएपछि चिलाउँछ पनि ।

लामो समयसम्म भित्री वस्त्र लगाउँदा हुने बेफाइदा यस्ता छन्ः

१. छालाको रोग– अण्डरवेयर फोहोर हुँदा पनि परिवर्तन नगर्दा छाला चिलाउन थाल्दछ । अत्यधिक छाला चिलाउँदा इन्फेक्सन भइ चर्याउने अनि त्यसबाट थप समस्या निम्तिने गर्छ ।

२. दुर्गन्ध– विज्ञान भन्छ, अण्डरवेयरमा एक ग्रामको दशौं भाग ब्याक्टेरिया हुन्छन् । गुप्ताङ्ग छोप्ने यी लुगामा यतिका ब्याक्टेरियाले छोटो समयमै दुर्गन्ध निकाल्न सुरू गर्छ ।

३. जुम्रा– गुप्ताङ्ग वरिपरिका रौं काट्नु स्वास्थ्यको दृष्टीले निकै स्वस्थकर मानिन्छ । त्यस्तै नै दैनिक अण्डरवेयर परिवर्तन गर्नु अत्यावश्यक हुन्छ । गुप्ताङ्ग वरिपरि ओसिलो वातावरण हुन दिनु हुँदैन । निकै फोहोर अण्डरवेयर र गुप्ताङ्गको सफाई नहुँदा जुम्रा पर्ने समस्या निम्तिन समेत सक्दछ । त्यति मात्र नभएर यसबाट हामीलाई विभिन्न रोगहरूले संक्रमण गर्न सक्छ ।

४. यिस्ट इन्फेक्सन– यिस्ट र ब्याक्टेरिया ओसिलो वातावरणमा छिटो फैलिन्छ । फोहोर भइसकेको अन्डेवेयर वा नसुकेको अन्डरवेयरमा यिस्ट पैदा हुन्छ । अझ विशेषगरी महिलाहरूले यस्तो अन्डरवेयर लगाउँदा गुप्ताङ्गभित्र इन्फेक्सन हुने निकै खतरा रहन्छ ।

jackson ribon