birat ribon

म्यानचेष्टर सिटी एफ ए कपको अन्तिम चारमा (हाइलाइट्स)

Neuro
म्यानचेष्टर सिटी एफ ए कपको अन्तिम चारमा (हाइलाइट्स)

Padelux insider
cura insider

विराटनगर, चैत ३
इंग्लिस क्लब म्यानचेस्टर सिटी एफ ए कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । गए राति भएको खेलमा सिटीले स्वान्सी सिटीमाथि ३–२ गोलान्तरको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

सिटीलाई जित दिलाउने क्रममा बर्नान्डो सिल्भा र सर्जियो अयुग्योरोले समान एक–एक गोल गरे भने एक गोल उपहार स्वरुप पाएको थियो । यता स्वान्सीका लागि माट ग्रिम्स र बर्सेट सेलिनाले एक–एक गोल गरे ।

खेलमा सुरुआती अग्रता भने स्वान्सीले लिएको थियो । स्वान्सी खेलको २०औँ मिनेटमा ग्रिम्सको पेनाल्टी गोलमार्फत् १–० ले अगाडि रहेको थियो । यस्तै बर्सेट सेलिनाले खेलको २९ औँ मिनेटमा गोल गरेपछि स्वान्सीले अग्रता दोब्बर पारेको थियो ।

तर, दुई गोलले पछाडि परेको सिटीले खेलको दोस्रो हाफमा खेल उल्ट्यायो । खेलको ६९ औ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए । यसैगरी खेलको ७८ औं मिनेटमा स्वान्सीका गोलकिपर क्रिस्टोफर नार्डफेल्डको आत्मघाती गोलमार्फत सिटीले खेल बराबरी गरेको थियो ।

यस्तै खेल सकिँन मात्र दुई मिनेट बाँकी छँदा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई जित दिलाए ।

jackson ribon