birat ribon

ला लिगा : जिदानको सुखद पुनरागमान, आफ्नै मैदानमा रियलको सहज जित

Neuro
ला लिगा : जिदानको सुखद पुनरागमान, आफ्नै मैदानमा रियलको सहज जित

Padelux insider
cura insider

विराटनगर, चैत ३
स्पेनिस ला लिगा रियल मड्रिडले आफ्नो १७ औँ जित दर्ता गराएको छ । शनिबार राति भएको आफ्नो २७ औं खेलमा रियलले सेल्टाभिगोलाई २–० गोल अन्तरले हराएको हो ।

रियलको आफ्नै घरेलु मैदानमा भएको उक्त खेलमा रियललाई जित दिलाउन इस्को र ग्यारेथ बेलले समान एक–एक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दुवै गोल दास्रो हाफमा गर्यो ।

रियलले खेलको ६२ औं मिनेटमा इस्कोको गोलमार्फत् सुरुआती अग्रता बनाएको थियो । यस्तै खेलको ७७ औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपछि रियलले जित सुनिश्चित गर्यो ।

यससँगै पुनः स्पेनिस क्लब रियल मड्रिड फर्किएका प्रशिक्षक जिनेदिन जिदानले सुखद पुनरागमन गरेका छन् । रियल फर्कने बित्तिकै उनले रियललाई जित दिलाएका हुन् । दोस्रो पटक क्लबको जिम्मेवारी पाएका जिदानले जितसहित घरेलु लिगको सुरुआत गरे ।

यस्तै जितसँगै रियल दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा मात्र दुई अंकले पछि परेको छ । तेस्रो स्थानको रियलको ५४ अंक छ भने समान खेल खेलेको एथ्लेटिकोसँग ५६ अंक छ ।

jackson ribon