birat ribon

साफ महिला च्याम्पियनसिप : नेपालको तेब्बर अग्रता, बंगलादेश ३–० ले पछि

Neuro
साफ महिला च्याम्पियनसिप : नेपालको तेब्बर अग्रता, बंगलादेश ३–० ले पछि

Padelux insider
cura insider

विराटनगर, चैत्र २
विराटनगरमा जारी पाँचौं संस्करणको महिला साफ च्याम्पियन्ससिपमा आज शनिबार आयोजक राष्ट्र नेपालले बंगलादेशविरुद्ध खेलिरहेको छ । विराटनगरको शहीद रंगशालामा भइरहेको उक्त खेलमा नेपालले ३–० गोलको अग्रता बनाएको छ ।

नेपालका लागि २७ औं मिनेटमा अञ्जलीकुमारी योञ्जनले तेस्रो गोल गरिन् । मञ्जलीले साबित्राको पासमा गाेल गरिन् । यसअघि खेलको २२ औं मिनेटमा साबित्रा भण्डारीको गोलमार्फत् नेपालले २–० को अग्रता लिएको थियो भने खेलको पाँचौं मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको आत्मघाती गोलमार्फत नेपालले सुरुआती अग्रता बनाएको थियो ।

दुवै टोलीले समुह विजेता बन्ने लक्ष्य राखेका छन् । एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुगेका दुवै टोलीको नजर समुह विजेता बन्नुमा छ । पहिलो खेलमा भुटानलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । गत माघ अन्तिममा सम्पन्न हिरो वुमन्स कपमा भारतलाई पराजित गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा छ ।

jackson ribon