विराटनगर, चैत्र २
विराटनगरमा जारी पाँचौं संस्करणको महिला साफ च्याम्पियन्ससिपमा आज शनिबार आयोजक राष्ट्र नेपालले बंगलादेशविरुद्ध खेलिरहेको छ । विराटनगरको शहीद रंगशालामा भइरहेको उक्त खेलमा नेपालले २–० गोलको अग्रता बनाएको छ ।
नेपालले खेलको २२ औं मिनेटमा साबित्रा भण्डारीको गोलमार्फ्त २–० को अग्रता लिएको हो । यस खेलको पाँचौं मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको आत्मघाती गोलमार्फ्त नेपालले अग्रता बनाएको थियो ।
दुवै टोलीले समुह विजेता बन्ने लक्ष्य राखेका छन् । एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुगेका दुवै टोलीको नजर समुह विजेता बन्नुमा छ । पहिलो खेलमा भुटानलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । गत माघ अन्तिममा सम्पन्न हिरो वुमन्स कपमा भारतलाई पराजित गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा छ ।