विराटनगर, चैत्र २
विराटनगरमा जारी पाँचौं संस्करणको महिला साफ च्याम्पियन्ससिपमा आज शनिबार आयोजक राष्ट्र नेपालले बंगलादेशविरुद्ध खेलिरहेको छ । विराटनगरको शहीद रंगशालामा भइरहेको उक्त खेलमा नेपालले १–० गोलको अग्रता बनाएको छ ।
नेपालले खेलको पाँचौं मिनेटमा अग्रता लियो । बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनले आत्मघाती गोल गरेपछि नेपालले खेलमा १–० को अग्रता बनाएको हो ।
एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुगेका दुवै टोलीको नजर समुह विजेता बन्नुमा छ । पहिलो खेलमा भुटानलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । गत माघ अन्तिममा सम्पन्न हिरो वुमन्स कपमा भारतलाई पराजित गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा छ ।