birat ribon

जिदानको पुनारागमन पछि सेल्टाभिगोसँग खेल्दै रियल मड्रिड

Neuro
जिदानको पुनारागमन पछि सेल्टाभिगोसँग खेल्दै रियल मड्रिड


एजेन्सी, चैत २ ।

Padelux insider
cura insider

जिनेदिन जिदान दोस्रो पटक प्रमुख प्रशिक्षकको रुपमा फर्कीएपछि रियल मड्रिडले आज  सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । गत सिजनको समाप्तीसँगै बाहिरिएका जिदान पून टोलीमा फर्कीएपछि ला लिगामा २८ औं चरणको खेल सेल्टा भिगोसँग खेल्न लागेको हो ।

जिदान फकीएपछि उनको प्रशिक्षणमा हुने पहिलो खेललाई महत्वका साथ हेरिएको छ । आज राती ९ बजेबाट घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेलमा जित निकाल्दै जिदान आफ्ना फ्यानलाई खुसी पार्ने पक्षमा छन् । तर ला लिगाको १८ औ स्थानमा रहेको सेल्टा भिगोलाई पराजित गर्न सहज छैन् । जारी सिजनमा सेभिल्लालाई पराजित गरिसकेको सेल्टा भिगोले रियल मड्रिडलाई कडा टक्टर दिनसक्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

जारी सिजनमा निराशाजनक प्रदर्शन गरेको रियलले आधा सिजनको समाप्तीसँगै दुई जना प्रशिक्षकलाई बखास्त गरिसकेको छ । जुलियन लोपेटेगी र सान्टियागो सोलारीलाई बखास्त गरेको रियलले किर्तमानी प्रशिक्षक जिदानलाई टोलीमा भित्रियाएपछिको २८ औं खेलमा जित निकाल्दै दोस्रो स्थानको एथलेटिको मड्रीडसँगको अंक दुरी कम गर्ने दाउमा छ ।

पछिल्लो साता युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रेबाट बाहिरिएपछि सोलारीलाई बर्खास्त गरी जिदानलाई भित्रियाएको रियलकालागि आजको खेल महत्वपूर्ण मानिएको छ ।

jackson ribon