birat ribon

होलीमा रंगबाट छाला र कपाललाई यसरी जोगाउनुहोस्

Neuro
होलीमा  रंगबाट छाला र कपाललाई यसरी जोगाउनुहोस्

Padelux insider
cura insider

विराटनगर, चैत्र २ ।

होली पर्व नजिकिदै जाँदा विभिन्न कार्यालय र संघसंस्थाले होलि मिलन कार्यक्रम गर्दै रंग दल्ने क्रम शुरु भएको छ । रंग खेल्नु, एकअर्कामा पोत्न पाउनु उल्लास र उमंगमा झुम्नु त मज्जा नै हो तर केही समस्या पनि संगै आउछ ।

रंगले छाला र कपालमा समस्या देखिन सक्छ । के समस्या आउँछ भन्दैमा होली नै नखेल्ने ? हैन् मज्जाले खेल्ने केही सावधानी अपनाएर दिल खोलेर खेल्ने हो ।
रंगको कारण तर सुन्दरता नै उडाउने गरि छालामा देखिने समस्या र मृत झै बन्ने कपाललाई कसरी जोगाउने त ?

तपाईले छाला र कपाल जोगाउन यी उपायहरु अपनाउन जसले गर्दा मन खोलेर होली खेल्न, रंग दल्न सक्नु हुन्छ । रंग चलाउन अघि र चलाएपछि के के गर्दा कपाल र छालाको सुन्दरता उस्तै रहन्छ ।

रंग खेल्नु भन्दा अघि

१. होली खेल्नु भन्दा अघि सनस्कृन कृम लगाउनु होला । यसले छालालाई घाम र रंग दुवैबाट जोगाउछ ।

२. सनस्कृन लगाएपछि कोल्ड क्रिम समेत लगाउनु जरुरी छ ।

३. रंगको मज्जा लिनु भन्दा अघि राम्ररी स्याम्पुले कपाल धुने र सन्डीस्नर लगाउने अनि तेल लगाउने गरे कपाललाई रंगको असरबाट बचाउन सकिन्छ । रंग खेलेर फर्किएपछि सजिलै रंग पखाल्न सकिन्छ ।

४. हात खुट्टामा मोइशचराइजर लगाए तपाईको छाला फाट्न दिदैन् र कोमलता रहिरन्छ ।

५. यदी तपाईको कपाल लामो छ भने जुरो बनाउन वा बाधेर राख्न उत्तम हुन्छ । सकिन्छ भने कपाल ढाकेर नै रंग खेल्दा उत्तम हुन्छ ।

६. रंग खेल्न १० घण्टा अघिबाटै कुनै पनि छालासम्बन्धि तथा कपालको व्युटि ट्रिटमेन्ट नगर्नु नै उपयुक्त हुन्छ ।

रंग खेलीसकेपछि

१. होली मनाएर सकेपछि हातले नै रंग साफ गर्नु उत्तम हुन्छ , नभए नरम कपडाले पुछ्दा समेत हुन्छ तर पानीले पखाले रंग अझ फैलिन्छ ।

२. पानीमा घोलेको रंग पोतिएको भए चिसो पानीले नुहाए रंग चाडै हट्छ ।

३. रंग खेलेपछि कपाललाई माइल्ड स्याम्पुले नुहाउने र कन्डिस्नर लगाउने ।

४. अनुहार तथा शरीर नुहाउदा माइल्ड सावुनले सफा गर्ने र अनुहारमा बेसन र दहीको लेपन लगाउनु राम्रो हुन्छ ।

५. नहाइसकेपछि पुरै शरीरमा राम्रो संग मोइशचराइजर क्रिम प्रयोग गर्ने ।

jackson ribon