विराटनगर, चैत्र २ ।
मोरङ जिल्लामा मात्र चालु आर्थिक वर्षको ९ महिनामा दुर्घटनामा परी ६२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिनामा ६२ जनाको मृत्यु भएको हो । यो अवधिमा ३ सय २३ सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा परी दुर्घटनामा ६ सय ८९ घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।
चालकको सामान्य असावधाकीका कारण सवारी दुर्घटना हुने गरेको छ । चालकलाई जिम्मेवार बनाउन नसक्दा दुर्घटनाको जोखिम बढेको प्रहरी बताउछ । अझ राजमार्गमा अनियन्त्रित रुपमा कुद्ने ट्रिपरका कारण दुर्घटनाको जोखिम बढी छ । टिपरका कारण दुर्घटना बढी भएपछि मोरङमा टाइम कार्ड लागु गरिएको छ ।