birat ribon

ला लिगा : आज हुँदैछन् यी चार खेलहरू (सम्पूर्ण जानकारी)

Neuro
ला लिगा : आज हुँदैछन् यी चार खेलहरू (सम्पूर्ण जानकारी)

Padelux insider
cura insider

विराटनगर, चैत २
स्पेनिस ला लिगामा आज चार खेलहरू सञ्चालन हुनेछन् । जारी लिगको २८ औं साताअन्तर्गतको खेलमा आज आठ टोली आमने–सामने हुन लागेका हुन् । आजको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड, तेस्रो स्थानको रियल मड्रिड र पाँचौं स्थानको अलाभेस पनि प्रतिस्पर्धामा छ ।

आजको पहिलो खेलमा हुएस्का र अलाभेस भिड्नेछन् । हुएस्काको घरेलु मैदानमा हुने यस खेल साँझ ५ः४५ देखि ने सुरू हुनेछ । अंकतालिकाको पुछारमा रहेको हुएस्का रेलिगेसन जोनको टोली हो भने अलाभेस पाँचौ स्थानको टोली हो ।

आजको दोस्रो खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई आफ्नै घरेलु मैदानमा निम्त्याउँदैछ । यस खेल राति ९ बजेदेखि सुरू हुनेछ । जारी लिगमा रियल मड्रिड तेस्रो स्थानमा रहेको छ भने १७ औं स्थानमा रहेको सेल्टा भिगो रेलिगेसन जोनको टोली हो ।

यसैगरी आजको तेस्रो खेलमा एथ्लेटिक बिल्बाओले एथ्लेटिको मड्रिडको सामना गर्दैछ । यो खेल राति ११ः४५ बजेदेखि बिल्बाओको घरमा हुनेछ । यस खेलमा भिड्न लागेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ भने बिल्बाओ १२ औं स्थानमा छ ।

यस्तै आजको चौथो तथा अन्तिम खेलमा लेगानेस र जिरोनाले प्रतिस्पर्धा गर्नेछन् । लेगानेसको घरेलु मैदानमा हुने यस खेल राति १ः३० बजेदेखि सुरू हुनेछ । यस खेलमा भिड्न लागेको लेगानेस १२ औं स्थानमा छ भने जिरोना उभन्दा एक स्थान तल छ ।

जारी लिगको २७ औं चरणका खेल सकिँदासम्म ६३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ भने ५६ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । यसैगरी ५१ अंक भएको रियल मड्रिड तेस्रो तथा ४५ अंकसहित गेटाफे चौथो स्थानमा छ ।

jackson ribon