birat ribon

पाँचौँ साफ महिला च्याम्पियनसिप : नेपालको सम्भावना कति ?

Neuro
पाँचौँ साफ महिला च्याम्पियनसिप : नेपालको सम्भावना कति ?

Padelux insider
cura insider

विराटनगर चैत्र २ ।

नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन थालेको तीन दशक लामो इतिहास भएपनि निरन्तर प्रतियोगिता खेल्न सुरु गरेको सन २०१० देखि मात्र हो । एकदशक यता निरन्तर साफ महिला फुटबल प्रतियोगितामा सहभागिता जनाएको नेपालले साफको चौथो संस्करण सम्म उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि जित्न सकेको छैन् ।

लामो समय उपाधिविहिन रहेको यात्रालाई पूर्णबिराम लगाउने तयारीमा रहेको नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप अन्तरगत शनिवार समुह चरणको अन्तिम खेल बंगलादेशसंग खेल्दैछ । समुह चरणको पहिलो खेलमा भुटानलाई पराजित गरेको नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

शनिवार (आज) विराटनगरको सहिद रंगशालामा हुने खेलबाट समुह ए को बिजेता र उपबिजेता छनोट हुनेछ । पहिलो खेलमा भुटानलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रदैछ । गत माघ अन्तिममा सम्पन्न हिरो वुमन्स कपमा भारतलाई पराजित गरेको नेपाल समुह बिजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा छ ।

तुलनात्मक रुपमा बंगलादेश भन्दा दह्रो टिम नेपालकालागि आजको खेल महत्वपूर्ण छ । समुह ए मा रहेको नेपालले समुह बिजेता बनेको खण्डमा समुह बि को उपबिजेतासँग सेमिफाइनल खेल खेल्ने छ ।  बंगलादेशसँग पराजित भए समुह बि को बिजेतासँग खेल्नेछ । समुह बी मा भारत र श्रीलंका छन् । यी दुई टोली पनि एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरीसकेका छन् ।

तुलनात्मक रुपमा कमजोर मानिएको श्रीलंका समुह बि को उपबिजता बन्ने सम्भावना बढी छ । किनकी भारतसँग ६ वटा खेल खेलेको श्रीलंका सबै खेलमा पराजित भएको इतिहास छ । साफको चौथो संस्करण सम्मको बिजेता भारत समुह बि बिजेता र नेपाल समुह ए को बिजेता भएको खण्डमा यी दुई टोलीले उपाधिकालागि चैत ८ गते प्रतिस्पर्धा गर्नेछन् ।

तुलनात्मक रुपमा कमजोर मानिएको श्रीलंकाले यस अघि नेपालसँग खेलेको पाँच खेल गुमाएका कारण सेमिफाइनल खेलमा श्रीलंकालाई पराजित गर्न नेपाललाई सहज रहेको खेल विश्लेषकहरु बताउछन् ।

यदि बंगलादेशसँग पराजित हुदै सेमिफाइनल प्रवेश गरे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । चौथो संस्करणको साफ सम्म आइपुग्दा तीन पटक फाइनलमा नेपाललाई पराजित गरेको भारतले सन २०१६ मा सेमिफाइनलमा नै नेपाललाई पराजित गरेको थियो । तर एयिसन ओलम्पिक छनोटमा भारतलाई बरावरी र फेबु्रअरी ११ मा हिरो वुमेन्स कपको समुह चरणको खेलमा भारतलाई पराजित गरेका कारण नेपाली टोली उच्च मनोबलमा छ ।

यो पटकको साफ वुमेन्स गेममा पनि त्यही आत्मावलले काम गर्न सक्छ । नेपाली राष्ट्रीय टोलीका मुख्य प्रशिक्षक हरि खड्का पनि उपाधिकालागि नेपाल र भारत बिच प्रतिस्पर्धा हुने बताउछन् । केही दिन अघिको पत्रकार सम्मेलनमा उनले नेपाल र भारतबीच प्रतिस्प्र्धा हुने बताएका थिए ।

दक्षिण एशियाली क्षेत्रमा भारतको दबदबा छ । तर तीन पटक फाइनल र एक पटक सेमिफाइनल खेलेको नेपाल घरेलु मैदानमा इतिहास रच्ने तयारी सहित मैदान उत्रने नेपाली महिला टोलीका मुख्य प्रशिक्षक खड्का बताउछन् ।

jackson ribon