birat ribon

मिठो तरकारी, अति लाभकारी : सजिवन

Neuro
मिठो तरकारी, अति लाभकारी : सजिवन


विराटनगर, चैत्र १ ।

Padelux insider
cura insider

सजिवनको सिजन सुरु भएको छ । सिजनका फलफुल तथा सब्जीहरुको अत्यन्त महत्व हुन्छ । मौसमी फल र सब्जी स्वास्थ्यका लागि लाभदायक हुन्छन् । तर सजिवन मिठो मात्र नभई औषधी समेत हो ।

सहज उपलब्ध हुने यो सब्जीको औषधीय गुणका बारेमा भने थाह नहुन सक्छ । यो सिजनमा किनेर खान परेपनि तपाईले एउटा बोट सजिवन हुर्काउनु भयो भने मान्नुहोस् स्वास्थ्यका दृष्टीले फाइदै फाइदा पाउनु हुन्छ । किनकी सजिवनको बोटदेखि फल सम्म छ, लाभकारी ।

भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ ।  सजिवनको दानाबाट निकालिने तेलपनि अमुल्य छ ।

आयुर्वेदमा उल्लेख भएअनुसार सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निको पार्न सकिन्छ । सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सजिवन प्रयोग गर्न सल्लाह दिएको छ ।

सजिवनको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ । पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ । त्यस्तै सितलचिनीलाई विभिन्न आर्युवेदिक औषधिमा प्रयोग गरिन्छ । सजिवनको पातको जुस बनाएर पनि खान सकिन्छ ।  सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ । यसले हड्डी मजबुत बनाउने र कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न सहयोग पु¥याउछ ।

उच्च रक्तचाप नियन्त्रण गर्न मन छ भने पनि सजिवनको सब्जी सेवन गर्नु उचित हुन्छ । यो मौसम परिवर्तनका समयमा हुने रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ । सजिवनले गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ । अनी छालासम्बन्धी संक्रमणबाट जोगाउँछ ।

सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ । सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ ।  सजिवनको जराको रस नियमित सेवन गरे मृगौलामा रहेको पथ्थरी हटाउन समेत सहयोग पुग्छ ।

यस्तै पातले मस्तिष्कमा भएका समस्या समाधान गर्छ । कलेजो खराब हुनबाट जोगाउने र चोट छिटै निको हुन्छ । यसको सेवनले मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ । अहिले मौसम परिवर्तन हुने समयमा देखिने अल्छिपना हटाएर स्फुर्ती थप्ने काम गर्छ । पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा बनाउन समेत यो उपयोगी छ ।

jackson ribon