birat ribon

दिव्या राईले ल्याइन् ‘परदेशी’

Neuro
दिव्या राईले ल्याइन् ‘परदेशी’


काठमाडौं, चैत्र १ ।

Padelux insider
cura insider

दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै नयाँ प्रस्तुति रहेको राईको भनाई छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच क्लबका सभापति ऋषि धमलाले उक्त एल्बमको विमोचन गरेका हुन् ।

एल्बम विदेशिएका नेपालीहरुको पीडा र आफ्नो देशप्रतिको मायामा ओतप्रोत रहेको रचनाकार राईको भनाई छ । ‘बिदेश जाने रहर कसलाई हुन्छ र ? बाध्यताले हो देश छोड्ने’ बोलको गीतमा राईको एकल शब्द रचना रहेको छ । चन्द्रकान्त पौडेलको स्वर तथा संगित रहेको यो गितलाई विकास दाहालले सम्पादन गरेका छन ।

कल्याणी ठकुरी, शिल्पा बिमली, चन्द्रकान्त पौडेल र वैष्णवी पौडेलको जोडदार अभिनय रहेको म्युजिक भिडियोलाई चन्दु गोर्खालीले एरेन्ज गरेका हुन । प्रकाश धितालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले निकैनै सुन्दर तरिकाले क्यामरामा कैद गरेका छन ।

गीतको बिक्रि–बितरणबाट संकलन हुने ५० प्रतिशत रकम मृगौला रोगबाट पीडितहरुको सेवामा समर्पित गर्ने कार्यक्रममा घोषणा गरिएको थियो । लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार धमलाले गीतले बिदेशिएका नेपालीहरुको पीडामात्र नबोकेर नेपाल र आफ्नो जन्मभुमिप्रतिको मायालाई पनि दर्साएको स्पष्ट पारे ।

गित–संगित सबैको रगतमा बगिरहेको स्मरण गराउँदै उनले विदेसिने नेपालीहरुले बेला–बेलामा पीडा बिसाउनको लागि संगितको माध्यमबाट आफ्ना भावनाहरुलाई प्रस्तुत गर्ने गरेको पनि स्पष्ट पारे ।  परदेशिएका लाखौं नेपालीको पीडामा उक्त एल्बमा समाहित गीतले मलम बनेर काम गर्ने पनि धमलाको विश्वास छ ।

विगत ६ वर्षदेखि प्रवासमा रहेर नेपाली गीत–संगितको जगेर्नामा लागेकी दिव्या राईले जहाँ पुगेपनि आफ्नो देशको मायाले नछोड्ने सुनाईन् । सपनामा पनि आफ्नै गाँउ–आँगनमा खेलिरहेको देख्ने नेपालीहरुको लागि बिदेशिनु रहर नभई बाध्यता भएको पनि बताईन् ।  कार्यक्रममा गायक तथा संगीतकार चन्द्रकान्त पौडेलले संगीतको उद्गमस्थल नै नेपाल रहेको बताए ।

उनले आज विमोचन गरिएको उक्त गीतको माध्यमबाट परदेशीहरुको पीडालाई देखाउन खोजिएको सुनाए ।  लोकार्पण गरिएको गीतको म्युजिक–भिडियो चन्द्रकान्त पौडेलको युट्युब–च्यानलबाट सार्वजनिक गरिएको छ ।

jackson ribon