birat ribon

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, युभेन्टस र अजाक्स भिड्दा बार्सिलोनाले युनाइटेडसँग खेल्ने

Neuro
च्याम्पियन्स लिगको ड्र सार्वजनिक, युभेन्टस र अजाक्स भिड्दा बार्सिलोनाले युनाइटेडसँग खेल्ने

Padelux insider
cura insider

एजेन्सी, चैत १
युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ । आज शुक्रबार अपराह्न अन्तिम आठका खेलहरूको तालिका सार्वजनिक भएको हो ।

च्याम्पियन्स लिगको यस सिजन सर्वाधिक ४ इंग्लिस क्लबले अन्तिम आठमा स्थान बनाएका छन् । च्याम्पियन्स लिगमा १० वर्षपछि पहिलोपटक म्यानचेष्टर युनाइटेड, म्यानचेस्टर सिटी, टोटनह्याम र लिभरपुल गरी चार इंग्लिस क्लबले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

यसअघि सन् २००८/९ को सिजन चार इंग्लिस क्लबले अन्तिम आठमा स्थान बनाएका थिए । यसैगरी स्पेनबाट बार्सिलोना, इटालीबाट युभेन्टस, नेदरल्याण्डबाट अजाक्स र पोर्चुगलबाट पोर्टोले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

आज सार्वजनिक भएको ड्रअनुसार इटालियन क्लब युभेन्टसले अजाक्ससँग खेल्ने भएको छ भने स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्बल म्यानचेष्टर युनाइटेलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । यसैगरी टोटनह्यामले म्यानचेष्टर सिटीसँग खेल्नेछ भने लिभरपुलले पोर्टोसँग खेल्नु पर्नेछ ।

यस्तो छ तालिका:

 

jackson ribon