birat ribon

महिला साफ च्याम्पियन्ससिप : पहिलो हाफमा माल्दिभ्सविरुद्ध श्रीलंकाको अग्रता

Neuro
महिला साफ च्याम्पियन्ससिप : पहिलो हाफमा माल्दिभ्सविरुद्ध श्रीलंकाको अग्रता

Padelux insider
cura insider

विराटनगर, चैत १
विराटनगरमा जारी पाँचौं संस्करणको साफ च्याम्पियनसिप फुटबलअन्र्गत आज चौथो खेल भइरहेको छ । विराटनगरस्थित शहीद रंगशालामा भइरहेको उक्त खेलमा समूह ‘बी’मा रहेका श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

उक्त खेलमा माल्दिभ्सविरुद्वको खेलको पहिलो हाफको खेल सकिदाँ श्रीलंकाले १–० को अग्रता लिएको हो । खेलको ३७ औ मिनेटमा श्रीलंकाकी चालानीकुमारी इकानायाकेले गोल गरेकी छिन् ।

समूह ‘बी’ अन्र्तगत रहेका श्रीलंका र माल्दिभ्सले आफनो पक्षमा जित निकाल्ने दाबी गर्दै आज प्रतिस्पर्धा गरिरहेका छन् । माल्दिभ्स जारी प्रतियोगितामा भारतबाट शून्यकाविरुद्ध ६ गोल खाएर पराजित भैसकेको छ । यसैले जसरी पनि जित निकाल्ने गरी उसले आफ्नो खेलमा सुधार ल्याएर खेल्ने रणनीति लिएको छ ।

उता श्रीलंका पनि जसरी पनि समूह ‘बी’ तर्फबाट सेमिफाइनलमा पुग्न चाहन्छ । यसैले उसले माल्दिभ्सलाई हराउन अक्रामक रणनीति लिने छ । तथ्यांकअनुसार हालसम्म महिला साफमा १४ खेल खेलिसकेको श्रीलंकाले १६ अंक हासिल गरिसकेको छ ।

jackson ribon