birat ribon

‘ए मेरो हजुर ३’ को गीत सार्वजनिक, अनमोल र सुहानाले यसरी गरे रोमान्स (भिडियो)

Neuro
‘ए मेरो हजुर ३’ को गीत सार्वजनिक, अनमोल र सुहानाले यसरी गरे रोमान्स (भिडियो)

Padelux insider
cura insider

विराटनगर, चैत १
नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ३’को गीत सार्वजनिक भएको छ । आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउने सो फिल्मको ‘जिन्दगी नै भन्दिन’बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।

गीतको भिडियोमा अनमोल र सुहानाको रोमान्स भरिपूर्ण छ । सुगम पोखरेल र प्रवीशा अधिकारीको आवाज रहेको उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अभिरलको संगीत छ ।

गत असोज २६ बाटे छायांकन सुरू भएको यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् भने निर्देशक थापा र सुमन पौडेलको कथा रहेको छ ।

यस्तै रोशन श्रेष्ठले द्वन्द्व निर्देशन तथा सञ्जय लामाको छायांकनमा बनेको यस फिल्ममा अनमोल गायकको भूमिकामा छन् भने सुहाना एक फ्यानकोे भूमिकामा छिन् । यस्तै अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

jackson ribon