birat ribon

स्मरण शक्ति बढाउनका लागि अपनाउनुस् यस्ता उपायहरू

Neuro
स्मरण शक्ति बढाउनका लागि अपनाउनुस् यस्ता उपायहरू

Padelux insider
cura insider

मानिसले आफ्ना लागि महत्वपूर्ण रहेका घटना, समय, मानिस वा अरु कुनै विषय चाहिने बेला सम्झिन सक्दैन । केही कुरा सम्झिए पनि सबै कुरा जस्ताको तस्तै सम्झिन नसक्दा धेरैले समस्या भोग्ने गरेका छन् ।

कहिले काँही त निकै महत्वपूर्ण वा चर्चित व्यक्तिसँगको भेटका बारेमा पनि सम्झना नहुन सक्छ । तर, यसमा आत्तिनु पर्ने अवस्था छैन ।

स्मरण शक्ति बढाउन यस्तो गर्नुहोस्ः

१. नौलो तरिका अपनाउनुहोस्– यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।

२. उदाहरण दिनुहोस् – जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

३. (अतिरिक्त) यौन सम्पर्क गर्नुहोस्-यौन सम्पर्क भनेको प्रकृतिले प्राणीहरूलाई दिएको अमूल्य देन हो भन्न सकिन्छ । केवल विकासक्रमलाई जारी राख्नको लागि मात्रै होइन, हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न पनि यौन सम्पर्कको अत्यावश्यक पर्दछ । यौन क्रियाकलापमा सम्मेलन हुँदा हाम्रो शरीरमा ‘अक्सिटोसिन’ नामक हर्मोन पैदा हुन्छ, जसले हाम्रो शरीरमा ‘पेन किलर’को काम गर्दछ । यसले थकाइ, तनाव र दिमागको बोझलाई हलुका बनाउन मद्दत गर्दछ । अनि तपाईँको दिमाग जति हलुका भयो, स्मरण शक्ति पनि त्यति नै वृद्धि हुँदै जान्छ ।

४. पढेको कुरालाई महसुस गर्नुहोस् – पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।

५. धेरै सुगन्ध सुँघ्नुहोस्– दिनहुँ कुनै नयाँ कुराको गन्ध थाहा पाउने कोशिस गर्नुहोस्। जब तपाईँ विहान उठ्नुहुन्छ, कुनै न कुनै कुराको गन्धलाई सुँघ्नुहोस्, जस्तैस कफी पाउडर, गुलाफको फूल। वैज्ञानिकहरू भन्छन् कडा सुगन्धले मानिसको संज्ञानात्मक क्षमताको विकास गर्दछ। भन्नाले जति धेरै नयाँ सुगन्ध सुँघ्यो, त्यति धेरै मस्तिष्कले त्यो गन्धलाई सम्झिन खोज्दछ, जसले गर्दा तपाईँको स्मरण शक्तिमा विस्तारै सुधार हुँदै जान्छ ।

६. दोर्होयाउनुहोस् – यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।

७. स्मरण शक्ति बढाउने प्राकृतिक खाना खानुहोस्-प्रशस्त एण्टिअक्सिडेण्ट पाइने खानेकुराहरू (बदाम, ओखर, काजु, अङ्गुर, स्याउ, केरा, गाढा हरीयो सागपात, अदुवा, गाँजर, आदि।) खाँदा स्मरणशक्तिलाई कमजोर बनाउने इलेक्ट्रोनहरूलाई निष्क्रिय बनाउँदछ र विस्तारै मस्तिष्को क्षमतामा वृद्धि हुँदै जान्छ । माछा र गेडागुडीमा पाइने स्वस्थ बोसोले पनि दिमागलाई फाइदा गर्दछ ।

८. विषयलाई जोड्नुहोस् – तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

९. कार्डमा लेख्नुहोस् – जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।

१०. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस् – आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

११. दिमागको अभ्यास गर्नुहोस् –आफ्नो दिमागको पसिना निकाल्नुहोस, भनेको धेरै सोँच्नुहोस् । तर जतिबेला पनि व्यर्थ कुरा सोँच्नु हानिकारक हुन्छ । विशेष गरी विहान उठेपछि आफ्नो दिमागलाई कुनै जटिल काम गर्न दिनुहोस् । सुडोकु, लुडो जस्ता चुनौतीपूर्ण खेलले दिमागको सम्झन सक्ने शक्तिलाई जागरुक गर्दछ । बाघचाल, चेस, स्क्र्याम्बल जस्ता दिमाग चलाउन पर्ने खेलहरूले पनि तपाईँको दिमागको राम्रो अभ्यास गराउँदछ । सँधै एउटै किसिमले काम नगर्नुहोस् । कार्यालय जाँदा सँधै जाने बाटोभन्दा भिन्न बाटोबाट जान सक्नुहुन्छ । अथवा सँधै दाहिने हातले दाँत माझ्नुहुन्थ्यो भने, देब्रे हातले दाँत माझ्ने अभ्यास गर्नुहोस् । भन्नाले, भिन्दाभिन्दै अनुभव लिने कोशिस गर्नुहोस् ।

१२. पर्याप्त सुत्नुहोस् – शरीर निदाउँछ तर दिमाग निदाउँदैन । राति शरीर निदाएको बेला दिमागले तपाईँको शरीरको हेरचाह गरिरहेको हुन्छ । तपाईँको शरीर जति स्वस्थ भयो, दिमागलाई पनि त्यति नै राहत हुन्छ । त्यसैले पर्याप्त सुत्नुहोस्, निन्द्रालाई मिचेर कुनै पनि काम नगर्नुहोस्। बरु राति गर्नुपर्ने कामलाई दिउँसै गर्न सकिन्छ ।

jackson ribon