birat ribon

हाइ हिल लगाउनुहुन्छ ? एकपटक यो पढ्नुहोस्

Neuro
हाइ हिल लगाउनुहुन्छ ? एकपटक यो पढ्नुहोस्

Padelux insider
cura insider

हाइ हिल महिलाको एक सुन्दर फेसन हो । युवतीहरु हाइ हिल लगाउन रुचाउँछन् । कति पहिरनसँग यसको राम्रो कम्बिनेसन पनि मिल्छ । यसले स्वभाविक रुपमा उचाई बढाउँछ ।

तर, लामो समय वा नियमित रुपमा हाइ हिल लगाउँदा स्वास्थ्यमा असर गर्छ । खासगरी यसले घुँडामा अतिरिक्त दवाव पर्छ । त्यही कारण आर्थराइटिस, ब्याक पेन, मसल्स पेनको समस्या हुनसक्छ । सानै देखि हाई हिल लगाउने बानिले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो असर पार्ने गर्छ ।

धेरै हिल लगाउनकोे खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिग्रीने, खुट्टा सुन्निने, लगातार खुट्टा दुख्ने, खुट्टाका नशामा समस्याहुने लगायतका जस्ता समस्या आउने हुन्छ । त्यति मात्र नभएर हाई हिलका कारण दुर्घटनाको धेरै सम्भावना हुन्छ ।

सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ । लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ ।

एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने (हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ । अनुुसन्धानअनुसार दशमध्ये एक महिलाले सातामा तीन दिन हाई हिल जुत्ता लगाउछन् । यीमध्ये एक तिहाई लामो हिलका कारण लड्ने वा दुर्घटनामा पर्छन् ।

हाई हिलका कारण दुर्घटनामा परेर विश्वभर बर्सेनि सयौं युवती अस्पतालसमेत जानु परेको छ । लामो समयसम्म हाई हिल प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ एक अनुसन्धानले देखाइको छ ।

अनुुसन्धान अनुसार प्रत्येक दश महिलामा एकले सातामा तीन दिन हाई हिल लगाउने र यसको कारण लड्ने वा दुर्घटना हुने गरेको देखिएको छ । यसले गर्दा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुक्छ र यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गर्न पर्ने हुन्छ । यसले कम्मरको नशामा दबाब पारी साइटिका नामको रोग लाग्ने संभावना हुन्छ ।

jackson ribon