birat ribon

ह्याट्रिकपछि रोनाल्डोको चर्चा चुलियो, मेस्सी र प्रशिक्षक अलेग्रीले यसरी गरे तारिफ

Neuro
ह्याट्रिकपछि रोनाल्डोको चर्चा चुलियो, मेस्सी र प्रशिक्षक अलेग्रीले यसरी गरे तारिफ

Padelux insider
cura insider

एजेन्सी, चैत १
युरोपियन च्याम्पियन्स लिगअन्र्तगत एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गर्दै युभेन्टसलाई सनसनीपूर्ण जित दिलाएका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अहिले चर्चामा छन् । सो खेलमा ह्याट्रिक गरी सनसनीपूर्ण जित निकाल्दै आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुगाएपछि रोनाल्डोको प्रशंसा खेलाडीदेखि लिएर प्रशिक्षक तथा एजेन्टले पनि गरेका छन् ।

खेल तथा उपाधिका लागि रोनाल्डोको खास प्रतिद्वन्द्वी मानिने बार्सिलोनाका कप्तान लियोनल मेस्सीले एथ्लेटिकोविरुद्धको खेलमा रोनाल्डोले गरेको प्रर्दशनले आफू चकित भएको बताएका छन् ।

मेस्सीले रोनाल्डोको जादुमयी प्रदर्शनबाट आफू तीनछक्क परेको बताउँदै भनेका छन्, ‘यो एउटा ठूलो आश्चर्य हो किनकी मैले यस खेलमा एथ्लेटिको बलियो रहेको सोचेको थिएँ । तर, रोनाल्डोको ह्याट्रिकमा युभेन्टसले एथ्लेटिकोलाई हरायो ।’

उनले लियोनविरुद्धको खेलपछि बोल्दै रोनाल्डो उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले भनेका छन्, ‘रोनाल्डोले गरेको त्यो प्रदर्शन धेरै नै शानदार थियो ।’

यसैगरी युभेन्टसका प्रशिक्षक मासिमिलानो अलेग्रीले पनि उनको खेलेरै प्रशंसा गरेका छन् । उनले रोनाल्डोको विषयमा बोल्दै भनेका छन्, ‘उनी सधैँ कठिन अवस्थामा टोलीलाई सकारात्मक नतिजा दिने खेलाडीमा पर्दछन् । एथ्लेटिकोविरुद्धको ह्याट्रिक वर्णन गरिसक्नु छैन । उनले क्लबलाई उद्धार नै गरिदिएका छन् ।’

‘क्लबमा रोनाल्डो जस्ता खेलाडी भएपछि असम्भव भन्ने कुरा केही पनि हुँदो रहेनछ,’ प्रशिक्षक अलेग्रीले भनेका छन्, ‘हामी च्याम्पियन्स लिगको उपाधि होडमा छौं ।’

यस्तै पोर्चुगलका फुटबल एजेन्ट जोर्गे मेन्डिसले पनि रोनाल्डोको खुलेरै तारिफ गरेका छन् । उनले भनेका छन्, ‘रोनाल्डोले युभेन्टसमा इतिहास रच्ने छन् । ‘रोनाल्डो सर्वकालीन उत्कृष्ट फुटबल खेलाडी रहेको कारण उनी युभेन्टसमा इतिहास बनाउन सफल हुन्छन् ।’

रोनाल्डोको एजेण्ट समेत रहेका मेन्डिसले भने, ‘उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन् र यो कुरा उनले एथ्लेटिकोविरुद्धको खेलमा प्रमाणित गरिसकेका छन् ।’ यस्तै उनले रोनाल्डोबिनाको रियल मड्रिडले केही नजितेको बताएका छन् ।

रोनाल्डोले यस सिजन च्याम्पियन्स लिगमा ४ गोल र इटालियन सिरी ’ए’ मा १९ गोल गरिसकेका छन् ।

jackson ribon