काठमाडौं, चैत १
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेत्र विक्रम चन्द ‘विप्लव’ दुवै गलत बाटोमा रहेको टिप्पणी दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो टिप्पणी दिएका हुन् । शुक्रबार बिहान एक ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘भनिन्छ नि, दुईवटा गलतले एउटालाई कदापी सही बनाउन सक्दैन । पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ । समस्या व्यक्तिको नभएर विचारको हो । यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्मबीचको हो । इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ । खाँचो नयाँ विचारको हो ।’
भनिन्छTwo wrongs don’t make a right!पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ!समस्या व्यक्तिको नभएर विचारको हो!यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो!इतिहासले दुवैलाई गलत सावित गरिसकेकोछ!खाँचो नयाँ विचारको हो! pic.twitter.com/EnrB4fKKps
— Baburam Bhattarai (@brb1954) March 15, 2019