birat ribon

‘न्यूजिल्याण्डको कालो दिन’ : फेसबुक लाइभ गरेर मस्जिदमा आक्रमण, ४० जनाको मृत्यु

Neuro
‘न्यूजिल्याण्डको कालो दिन’ : फेसबुक लाइभ गरेर मस्जिदमा आक्रमण, ४० जनाको मृत्यु

Padelux insider
cura insider

एजेन्सी, चैत १
न्यूजिल्याण्डको क्राइस्ट चर्चमा रहेका दुईवटा मस्जिदमा गोली हानाहान हुँदा ४० जनाको ज्यान गएको छ । अल नूर मस्जिदमा भएको आक्रमणमा परि ३० जना र लिनउड मस्जिदमा भएको आक्रमणमा परि १० जनाको ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।

उक्त आक्रमणमा परी ४० जनाको ज्यान गएको र २० जना घाइते भएको न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले पुष्टि गरेकी छिन् । प्रधानमन्त्री जेसिन्डा आर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् ।

घाइतेको अस्पताल लैजाने काम चलिरहेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित चारजनालाई पक्राउ गरेको छ । क्राइस्टचर्चमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । यो क्षेत्रमा विद्यालय र अस्पलात बन्द गरिएको छ ।

घटनास्थल नजिकै रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टिम मुश्किलले जोगिएको छ । तेश्रो तथा अन्तिम टेस्ट खेल्न राति क्राइस्टचर्चको हेग्ली क्रिकेट मैदान जाने क्रममा बंगलादेशी क्रिकेट खेलाडी चढेको गाडी मस्जिद नजिकै पुग्दा गोलीकाण्ड भएको थियो । गोली चलेलगत्तै खेलाडी बसबाट झरेर भागेकाले कुनै क्षति नभएको बंगलादेशको क्रिकेट बोर्ड बीसीबीले जनाएको छ ।

उक्त आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकले फेसबुक लाइभ गरेको डेली मेलले जनाएको छ । उनको संलग्नता रहेको बताउँदै डेली मेलले सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको जनाएको छ ।

jackson ribon