fbpx

‘पञ्चे बाजा’ बजाएर आँचललाई लिन जाँदै पल (भिडियोसहित)

विराटनगर, चैत १
नायिका आँचल शर्मा र नायक पल शाहबीच प्रेम सम्बन्ध रहेको चर्चा पछिल्लो सयम जताततै छ । म्युजिक भिडियोमा प्रायः एक अर्काको अपोजिट रोलमा देखिने पल र आँचललाई दर्शकले पनि खुबै मन पराउँछन् ।

धेरै दर्शकले त उनीहरूको नाम नै ‘आँप’ जोडी भनेर राखिदिएका छन् । तर, यी दुवैले यस विषयमा केही बोलेका त छैनन् । यी दुवैले यसबारे बोलुन् नबोलुन् तर, हालै सार्वजनिक भएको एक गीतले भने बोलेको छ ।

यी दुई अभिनित ‘पञ्जे बाजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जहाँ, पल शाह पञ्चे बाजो बजाएर आँचलको घर जान्छु भनिरहेका छन् । हेर्नुहोस् भिडियोः

उक्त गीतमा आकाश तामाङको स्वर रहेको छ । ‘जाउँ भनेर बोलाको २’ नाम दिइएको उक्त गीतमा शब्द भने अजित घिसिङको रहेको छ । अजितकै शब्द रहेको उक्त गीतको भिडियो नीतिन चन्दले निर्देशन गरेका हुन् । सुरेश नेपालीको छायांकन, राजीभ समरको कोरियोग्राफी रहेको उक्त गीत बिहीबार सार्वजनिक भएको हो ।

Koshi Online

FREE
VIEW