birat ribon

रोनाल्डोमाथि च्याम्पियन्स लिगमा प्रतिबन्धको खतरा

Neuro
रोनाल्डोमाथि च्याम्पियन्स लिगमा प्रतिबन्धको खतरा

Padelux insider
cura insider

एजेन्सी, चैत १
युरोपियन च्याम्पियन्स लिगअन्र्तगत एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गर्दै युभेन्टसलाई सनसनीपूर्ण जित दिलाएका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अहिले चर्चामा छन् ।

सो खेलमा ह्याट्रिक गरी सनसनीपूर्ण जित निकाल्दै आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुगाएपछि रोनाल्डोको प्रशंसा खेलाडीदेखि लिएर समीक्षकहरूले पनि गरेका छन् । तर, उनी सो खेलमा जित निकाल्दा गरेको सेलिब्रेसनका कारण उत्ति नै आलोचित पनि बनेका छन् ।

ह्याट्रिकमार्फत् युभेन्टसलाई अघिल्लो चरणमा पुर्याएपछि उनले आफ्नो हात गोप्य अंगतिर लगेर अश्लील आशयको सेलिब्रेसन गरेका थिए । सोही सेलिब्रेसनका कारण रोनाल्डो आलोचित बनेका हुन् ।

त्यसअघिको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले पनि यस्तै आशयको सेलिब्रेसन गरेका थिए । प्रशिक्षक डिएगोले गरेको खराब सेलिब्रेसनका कारण डिएगोले आलोचना मात्र सहनुपरेन । उनीमाथि युइएफएले १७ हजार युरो रकम जरिमाना पनि भराएको थियो ।

डिएगोले गरेको सेलिब्रेसनको जवाफ दिँदै रोनाल्डोले यस्तो सेलिब्रेसन गरेको बताइएको छ । डिएगोको ‘जवाफी सेलिब्रेसन’ गरेका रोनाल्डोमाथि युइएफएको अनुशासन समितिले छानबिन सुरू गर्ने भएको छ ।

उक्त छानबिनमा उनी दोषी पाइएमा च्याम्पियन्स लिगअन्तर्गत कम्तिमा पनि एक खेलमा प्रतिबन्ध लाग्न सक्नेछ ।रोनाल्डोमाथि अहिले नै प्रतिबन्धको निर्णय भइसकेको छैन । तरपनि उनीमाथि अन्तिम आठमा एक खेलको प्रतिबन्धको खतरा छ । यदि रोनाल्डोमाथि खेल प्रतिबन्धको निर्णय नभए पनि आर्थिक जरिवाना हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

jackson ribon