birat ribon

आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनपर्दछ : प्रमओली

Neuro
आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनपर्दछ : प्रमओली

Padelux insider
cura insider

काठमाडौं, चैत १
प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो अधिकार सुरक्षितगर्न उपभोक्ताहरु जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवशको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय, उद्यमी, व्यावसायीलगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुनेगरी काम गर्न स्मरण गराएका छन् ।

‘उद्यमीव्यवसायीहरुले उपभोक्ता अधिकारको संरक्षण सम्मान र पालनाहुने गरी आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नु पर्दछ,’ प्रधानमन्त्रीओलीले सन्देशमा भनेका छन्, ‘यस क्षेत्रमा सक्रीय नियामक निकायहरुले आफ्नो कार्यक्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशिल हुनुपर्ने खाँचो छ ।’

संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धि मार्गनिर्देशनका आधारमा सरकारले कानूनहरुको निर्माण र संसोधन गरी उपभोक्ताको अधिकारलाई मजवुद गर्न हरतरहले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

jackson ribon