birat ribon

आज माल्दिभ्स र श्रीलंकाबीचको कडा प्रतिस्पर्धा हुँदै, माल्दिभ्सलाई जित्नै पर्ने दबाब

Neuro
आज माल्दिभ्स र श्रीलंकाबीचको कडा प्रतिस्पर्धा हुँदै, माल्दिभ्सलाई जित्नै पर्ने दबाब

Padelux insider
cura insider

विराटनगर, चैत १
विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिप प्रतियोगिताअन्र्तगत आज शुक्रबार श्रीलंका र माल्दिभ्सबीच कडा प्रतिस्पर्धा हुँदैछ । विराटनगरस्थित शहीद रंगशालामा हुने यस खेल दिउँसो तीन बजेदेखि सुरू हुनेछ ।

समूह ‘बी’ अन्र्तगत रहेका श्रीलंका र माल्दिभ्सले आफनो पक्षमा जित निकाल्ने दाबी गर्दै आज प्रतिस्पर्धा गर्न भएका हुन् । माल्दिभ्स जारी प्रतियोगितामा भारतबाट शून्यकाविरुद्ध ६ गोल खाएर पराजित भैसकेको छ । यसैले जसरी पनि जित निकाल्ने गरी उसले आफ्नो खेलमा सुधार ल्याएर खेल्ने रणनीति लिएको छ ।

उता श्रीलंका पनि जसरी पनि समूह ‘बी’ तर्फबाट सेमिफाइनलमा पुग्न चाहन्छ । यसैले उसले माल्दिभ्सलाई हराउन अक्रामक रणनीति लिने छ । तथ्यांकअनुसार हालसम्म महिला साफमा १४ खेल खेलिसकेको श्रीलंकाले १६ अंक हासिल गरिसकेको छ ।

जबकी १४ खेल खेलिसकेको माल्दिभ्सले ११ अंक प्राप्त गरेको छ । हालसम्म श्रीलंकाले ५ खेलमा जित र ८ खेल हारेको छ भने एक खेलमा वराबरी भएको छ । र, हालसम्म १६ गोल गर्न सफल श्रींलकाले ३४ गोल खाइसकेको छ ।

यसैगरि मालदिभ्सले हालसम्म ९ खेल हारेको र ३ खेल जितको छ भने ३ खेल बराबरी बनाएको छ । हालसम्म १४ गोल गर्न सफल माल्दिभ्सले ४८ गोल खाएको छ ।

jackson ribon