birat ribon

परिवर्तन दिगो बनाउन पूर्वसांसदहरू चिन्तित

Neuro
परिवर्तन दिगो बनाउन पूर्वसांसदहरू चिन्तित

Padelux insider
cura insider

विराटनगर, चैत १
जनताको संघर्षबाट प्राप्त भएको अधिकार सही ढंगले उपभोग हुन नसक्दा उपलब्धि जोगाउन चुनौती भैरहेको भन्दै पूर्वसांसदहरू चिन्तित बनेका छन् । जनताको जनआन्दोलन र जनयुद्धबाट गणतन्त्रसँगै देशले नयाँ संबिधान प्राप्त गरेर संघीयताको अधिकार प्राप्त गरेपनि सही ढंगले उपयोग हुन नसक्दा परिवर्तन दिगो बनाउन चुनौती थपिएको भन्दै पूर्वसाँसदहरू चिन्तत बनेका हुन् ।

देशमा सही ढंगले संविधान कार्यान्वयन सम्बन्धमा भएका काम कारबाहीहरूको समीक्षा गर्दै सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउन अनि विद्यमान निर्वाचन प्रणालीमा सुधार ल्याउनका लागि चिन्तित बनेका पूर्वसांसदहरूले अभियान नै थालेका छन् ।

खर्चिलो निर्वाचन प्रणाली मुख्य चुनौती

पूर्वसांसद मञ्चका उपाध्यक्ष घनेन्द्र बस्नेतका अनुसार जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धि गलत शासन शैलीले गर्दा जोगाउन चुनौती बनेको बताए । उनका अनुसार संघीय गणतन्त्र नेपालको संविधानले जनताको अधिकार सुनिश्चित गरेपनि सही ढंगले कार्यान्वयन नहुँदा निराशा बढन थालेको र अतिवादीहरूले फाइदा उठाउन थालेका छन् ।

यसैले सबैभन्दा पहिले खर्चिलो निर्वाचन प्रणाली अन्त्य गरेर सदाचारी प्रणाली अपनाउन सकेमात्र लोकतन्त्र दिगो हुन सक्नेछ । हालै सम्पन्न तीनै तहको निर्वाचनहरूमा भएको खर्च अनुरुपनै आगामी निर्वाचन भएमा नीतिगत भ्रष्टचारलाई बढावा दिने र देश कुशासनयुक्त बन्नेछ ।

‘यसैले के गर्दा लोकतन्त्र सुशासनयुक्त हुन्छ र सदाचारी बन्छ त्यो बारेमा हामी निष्कर्षसहितको प्रतिवेदन सरकार र संसदलाई दिनेछौँ । त्यसपछिको निधो उनीहरूबाटै हुनेछ’ , —उपाध्यक्ष बस्नेतले भने ।

सातवटै प्रदेशमा अन्र्तक्रियापछि निष्कर्ष सरकार र संसदमा पेश गर्ने

२०४७ पछिका पूर्वसांसदहरू आवद्ध भएको संसदको परामर्शदातृ अंगका रुपमा रहेको पूर्वसांसद मञ्च नेपालका उपाध्यक्ष घनेन्द्र बस्नेतका अनुसार देशको शासन व्यवस्था दिगो बनाउनका लागि देशभरका सातवटै प्रदेशमा आफूहरूले अन्र्तक्रियासहितको सुझाव संकलन अभियान थालेको बताए ।

उनका अनुसार पूर्वसाँसद मञ्चले सुदूरपश्चिम प्रदेशमा निर्वाचनमा भाग लिएका जनप्रतिनिधि, सांसद, पूर्वसांसद र राजनैतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरुलाई भेला गराएर सुझाव संकलन गरिसकेको छ ।

२ चैतमा एक नम्बर प्रदेशको अस्थायी मुकाम विराटनगरमा पनि बृहत्त अन्र्तक्रिया गर्ने तैयारी भैरहेको छ । सातवटै प्रदेशमा अन्र्तक्रियासहितको सुझाव संकलन कार्य सकेपछि निष्कर्षसहितको प्रतिवेदन तैयार गरेर सरकार र संसदलाई बुझाउने योजाना रहेको पूर्वसांसद मञ्च नेपालका महासचिव शंकरनाथ शर्मा अधिकारीले बताए ।

विप्लवको हिँसात्मक गतिविधि असान्दर्भिक

हिंसात्मक गतिविधिमा सक्रीय भैरहेको विप्लव माओवादीको समूहले वैज्ञानिक समाजवादका लागि भन्दै हतियार उठाएर युद्ध सुरू गर्ने चेतावनी असान्र्दभिक भएको पूर्वसांसदहरूले बताएका छन् ।

विराटनगरमा पत्रकाहरूसँग कुरा गर्दै पूर्वसांसद मञ्चका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले सशक्त जनआन्दोलन र लामो सशस्त्र जनयुद्धपछि जनताको छोराछोरी नै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रि, जर्नेल, कर्नेल र आइजिपी बन्ने अधिकार सुनिश्चित भैसकेकोले यो समय हतियार उठाएर वैज्ञानिक समाजवादको वकालत गर्नु असान्र्दभिक मात्र नभएर देशलाई गृहयुद्धमा लाने योजना मात्र हुने बताए ।

उनले २००७, ०२८ र ०५२ साल आदि विभिन्न कालखण्डमा निश्चित उपलव्धिका लागि जनताले हतियार उठाउनु जायज भएपनि हाल केका लागि हतियार उठाउने त्यो एजेण्डानै नभएकोले हतियार उठाएमा त्यो सर्वत्र गलत हुन्छ भने ।

उपाध्यक्ष बस्नेतले भने, ‘शासनशैलीमा सुधार गरेर प्राप्त उपब्धिलाई दिगो बनाउनका लागि सबैले हतियारबाट हैन संवादबाट समाधान खोज्नुपर्छ सुरूमा आतंङकको त्रास देखाएर हैन ।’

jackson ribon