birat ribon

चेल्सी र आर्सनल युरोपा लिगको अन्तिम आठमा, अरू कुन–कुन टोली पुगे क्वार्टरफाइनलमा ?

Neuro
चेल्सी र आर्सनल युरोपा लिगको अन्तिम आठमा, अरू कुन–कुन टोली पुगे क्वार्टरफाइनलमा ?

Padelux insider
cura insider

विराटनगर, चैत १
इंग्लिस क्लबद्वय चेल्सी र आर्सनल युरोपको दोस्रो ठूलो प्रतियोगिता युइएफए युरोपा लिगको क्वार्टफाइनलमा प्रवेश गरेका छन् ।

गए राति भएको अन्तिम १६ को दोस्रो लेगमा डाइनामो किभलाई हराउँदै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो भने रेन्नेजलाई हराउँदै आर्सनलले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

चेल्सीले डाइनामोलाई उसैको मैदानमा ५–० गोलान्तरले हरायो । उसले दुवै लेग गरी समग्रमा ८–० ले डाइनामोलाई हरायो । यसअघिको लेगमा चेल्सीले आफ्नै मैदानमा डाइनामोलाई ३–० ले हराएको थियो ।

यसैगरी अर्को खेलमा आर्सनलले आफ्नै मैदानमा रेन्नेजलाई ३–० ले हरायो । यसअघिको पहिलो लेगमा रेन्नेजविरुद्ध ३–१ ले स्तब्ध भएको आर्सनलले यस जितमा जित निकालेपछि समग्रमा ४–३ को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो ।

यसैगरी अर्को खेलमा साल्जबर्गसँग ३–१ गोल अन्तरले पराजित भएपनि समग्रमा ४–३ को जितसहित नेपोली क्वार्टरफाइनलमा पुग्यो । यता इन्टर मिलान भने प्रतियोगिताबाट बाहिरिएको छ । फ्रान्कफर्टसंग १–० ले स्तब्ध भएको मिलान समग्रमा १–० को नतिजा ब्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।

फ्रान्कफर्ट भने अघिल्लो चरणमा प्रवेश गर्यो । यस्तै भ्यालेन्सियाले क्वाटरफाइनलमा स्थान बनाएको छ । क्रास्नोडोरसँग १–१ गोलको बराबरी खेलेको भ्यालेन्सिया समग्रमा ३–२ को जितसहित अन्तिम आठमा पुगेको हो ।

यस्तै सेभिल्ला भने बाहिरिएको छ । प्रागुईसँग ४–३ गोलान्तरले पराजित हुँदै समग्रमा ६–५ नतिजसहित सेभिल्ला आउट भएको हो । बेन्फिकाले भने अघिल्लो चरणमा स्थान बनाउन सफल भएको छ । डिनामो जाग्रेबलाई ३–० गोलले हराउदै समग्रमा ३–१ को जितसहित उसले अन्तिम आठमा स्थान बनाएको हो ।

कुन कुन टिम पुगे क्वार्टरफाइनलमा ?

चेल्सी, आर्सनल, नेपोली, बेन्फिका, भिया रियल, भ्यालेन्सिया, फ्रान्कफर्ट, स्लाभिया प्रागुई

jackson ribon