birat ribon

निर्मला हत्याकाण्ड : प्रहरीलाई धरौटीमा छोड्न आदेश

Neuro
निर्मला हत्याकाण्ड : प्रहरीलाई धरौटीमा छोड्न आदेश


काठमाण्डौँ, फागुन ३० ।

Padelux insider
cura insider

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई धरौटीमा छोड्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।  यातना र सार्वजनिक न्यायविरुद्ध कसुरको मुद्दा लागेका प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीस डा. राजेन्द्र कुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो । जिल्ला अदालतले यातना र प्रमाण नष्ट गरेको (सार्वजनिक न्याय विरुद्धको कसुर) आरोप लागेका निलम्बित डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई यातना कसुरमा ५ लाख र सार्वजनिक न्याय विरुद्धको कसुरमा ४ लाख गरी जनही ९,९ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

सार्वजनिक न्याय विरुद्धको कसुर लागेका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । यसैगरी सार्वजनिक न्याय विरुद्धको कसुरमा सईहरु हरिसिंह धामीलाई साढे ३ लाख र राम सिंह धामीलाई ३ लाख तथा प्रहरी हवल्दार चाँदनी साउदलाई २ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीहरु तीनै जना निलम्बित हुन् । सोमबारदेखि तीन दिनसम्म चलेको थुनछेक बहसपछि अदालतको यस्तो आदेश आएको हो ।

jackson ribon