birat ribon

किन दुख्छ बच्चाको हातखुट्टा ?

Neuro
किन दुख्छ बच्चाको हातखुट्टा ?


काठमाण्डौँ, फागुन ३० ।

Padelux insider
cura insider

शारीरिक विकास तिव्र गतिमा भई रहेको बेला कहिलेकाही बालबालिकाले हातखुट्टा दुख्यो भनेर सुनाइरहेका हुन सक्छन् । मेडिकल भाषा ग्रोइङ पेन भनिने यो समस्या के कारणले हुन सक्छ ? यो समस्याबाट छोराछोरीलाई कसरी मुक्त पार्ने यो टिप्स्

बच्चामा आवश्यक क्याल्सियमको कमीले यस्तो समस्या देखिने विषेशज्ञहरुले बताएका छन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङले हेल्थ नेपालसंग बच्चा बढ्दै जाँदा उनीहरूलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने समस्या आउने बताए । चुलबुले तथा खेल्ने बच्चाहरूलाई क्याल्सियम बढी चाहिने र शरीरमा क्याल्सियम कम हुदाँ बच्चाहरु यो समस्यामा पर्ने उनको भनाई छ ।

बच्चा उमेरअनुसार बढ्न क्याल्सियम अपरिहार्य छ । क्याल्सियम कम हुन नदिन खानपानमा विशेष ख्याल पु¥याउनुपर्छ । हरेक दिन सामान्य मालिस गर्दा पनि बच्चाको दुखाइमा धेरै राहत मिल्छ । तर क्याल्सियमको कमि मात्र नभई कतिपय बच्चामा जोर्नी दुखाइका कारण बाथरोग पनि हुनसक्छ । कतिपय बालबालिकामा बाथको समस्या भने पछि गएर आफैँ ठीक हुन्छ । तर, कतिपयको भने पछिसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ ।

बच्चाको ढाड दुखाइमा भने विशेष ध्यान दिनैपर्छ । ‘प्याथोलोजिकल’ समस्या नभई बच्चाहरूमा ढाडको समस्या हत्तपत्त नदेखिने गुरुङको भनाइ छ । बच्चाहरुको ढाडको हड्डी कुनैबेला खुस्किएको हुन सक्ने भन्दै डाक्टर गुरुङले कुनै बालबालिकामा भने जन्मजात समस्या हुन सक्ने बताए । बढ्दै गरेको बच्चामा हड्डी तथा जोर्नीमा समस्या देखिने खास कारण भने क्याल्सियमको कमी नै हो ।

त्यस्तो बेलामा क्याल्सियमको मात्रा बढाउन डेरी उत्पादन दूध, दही, चिजमा क्याल्सियम सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोभी, चिप्ले भिन्डी, ब्रोकाउली, बदाम, माछालगायतमा पनि क्याल्सियमको मात्रा धेरै हुन्छ यी चिज बढि सेवन गराउदा बच्चलाई हातखुट्टा दुख्ने समस्याबाट रातह मिल्छ ।
बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ ।

क्यल्सिमयको मात्रा पुरा गर्न ६ महिनासम्मका बच्चालाई प्रतिदिन २०० मिलिग्राम क्याल्सियमको आवश्यक्ता पर्छ र सोही अनुसारको खानपानबाटमात्रै यो मात्रा पुरा गर्न सकिन्छ । यसै गरी ६ महिनादेखि १ वर्षसम्मका बालबालिकालाई २६० मिलिग्राम क्याल्सियम आवश्यक पर्छ ।

१देखि३ वर्षसम्मका बालबालिकालाई प्रतिदिन ७०० मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ । यस्तै ४ देखि८ वर्ष प्रतिदिन – १,००० मिलिग्राम र ९देखि १३ वर्षसम्मका बालबालिकालाई प्रतिदिन १,३०० मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ । 

jackson ribon