एजेन्सी, फागुन ३०
अनलाइन न्यूज पोर्टल ईएसपीएनले विश्वका लोकप्रिय खेलाडीहरूको सूची सावर्जनिक गरेको छ । करिब ८ सय चर्चित खेलाडीहरूबाट सर्वेक्षण गर्दै इएसपीएनले लोकप्रिय खेलाडीको सूची तयार पारेको हो ।
जसमा सामाजिक सञ्जालको फलोवर्स, गुगलमा खोजिएका फलोवर्स लगायतका कुराहरू समेटिएको इएसपीएनले जनाएको छ । ‘इएसपीएन वर्ल्ड फेम–१००’ नाम दिइएको यस सूचीमा इटालीको क्लब युभेटसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नै शीर्ष स्थानमा छन् । उनी यसभन्दा अगाडि लगातार तीनपटक लोकप्रिय खेलाडी घोषित् भएका थिए । उसले यसभन्दा अगाडि तीनपटक यसरी लोकप्रिय खेलाडीको सूची सार्वजनिक गरेको थियो । जसमा उनी नै शीर्षस्थानमा थिए । यस्तै उनी यस वर्ष पनि लोकप्रिय खेलाडी घोषित् भएका हुन् ।
यसैगरी उनका खास प्रतिद्वन्द्वी मानिने बार्सिलोनाका कप्तान लियोनल मेस्सी यस सूचीमा तेस्रो भएका छन् । दास्रो स्थानमा भने अमेरिकन बास्केटबल स्टार लेब्रोन जेम्स दोस्रो स्थानमा छन् । यसैगरी चौथो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमार छन् भने छैटौं स्थानमा रोजर फेडेरर तथा सातौं स्थानमा क्रिकेटका विराट कोहली छन् ।
टप टेन सूची यस्तो छ:
१. क्रिस्टियानो रोनाल्डो
२. लियोनल मेस्सी
३. लेब्रोन जेम्स
४. नेयमार जुनियर
५. कनर मेग्रेगर
६. रोजर फेडेरर
७. विराट कोहली
८. राफेल नाडाल
९. स्टेफन करी
१०. टाइगर वुड्स