birat ribon

शुक्रबार च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र सार्वजनिक हुने, कुन–कुन टोली पुगे अन्तिम आठमा ?

Neuro
शुक्रबार च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र सार्वजनिक हुने, कुन–कुन टोली पुगे अन्तिम आठमा ?

Padelux insider
cura insider

एजेन्सी, फागुन ३०
शुक्रबार अर्थात् भोलि युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको ड्र सार्वजनिक हुने भएको छ । बुधबार रातिका दुई खेलपछि क्वार्टरफाइनलको समीकरण पूरा भएको उक्त प्रतियोगिताको अबका खेल तालिका आउँदो मार्च १५ तारिखमा सार्वजनिक हुने भएको हो ।

गए रातिका दुई खेलपछि अन्तिम आठको समीकरण पूरा भएको हो । लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा बार्सिलोना र लिभरपुलले अन्तिम आठमा स्थान बनाए । त्यसअघि क्वार्टरफाइनलमा अजाक्स, टोटनह्याम, पोर्टो र म्यानचेष्टर युनाइटेड, युभेन्टस र म्यानचेष्टर सिटीले स्थान बनाइसकेका छन् ।

यता साबिकको विजेता रियल मड्रिडसहित पिएसजी, डर्टमुण्ड, रोमा, एथ्लेटिको मड्रिड, साल्के ०४, लियोन र बायर्न म्यूनिख भने अन्तिम १६ बाटै घर फर्किएका छन् ।

च्याम्पियन्स लिगको यस सिजन सर्वाधिक ४ इंग्लिस क्लबले अन्तिम आठमा स्थान बनाएका छन् । च्याम्पियन्स लिगमा १० वर्षपछि पहिलोपटक म्यानचेष्टर युनाइटेड, म्यानचेस्टर सिटी, टोटनह्याम र लिभरपुल गरी चार इंग्लिस क्लबले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । यसअघि सन् २००८÷९ को सिजन चार इंग्लिस क्लबले अन्तिम आठमा स्थान बनाएका थिए ।

यसैगरी स्पेनबाट बार्सिलोना, इटालीबाट युभेन्टस, नेदरल्याण्डबाट अजाक्स र पोर्चुगलबाट पोर्टोले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

jackson ribon