birat ribon

च्याम्पियन्स लिग : लिभरपुल क्वार्टरफाइनलमा, बायर्न अन्तिम १६ बाटै घर फर्कियो

Neuro
च्याम्पियन्स लिग : लिभरपुल क्वार्टरफाइनलमा, बायर्न अन्तिम १६ बाटै घर फर्कियो

Padelux insider
cura insider

विराटनगर, फागुन ३०
इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको क्वार्टरफायनलमा स्थान बनाएको छ । जारी लिगको अन्तिम १६ को दोस्रो लेगमा लिभरपुलले जर्मन क्लब बायर्न म्यूनिखलाई ३–१ ले हराएउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

बुधबार राति भएको उक्त खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे भने भर्जिल भान डिज्कले एक गोल गरे । यता बायर्नले भने आत्मघाती गोल उपहारस्वरुप पाएको थियो ।

बायर्नको घरेलु मैदानमा भएको उक्त खेलमा पाहुना टोली लिभरपुलले २६औं मिनेटदेखि नै अग्रता बनाएको थियो । लिभरपुलका लागि मानेले गोलको सुरुआत गरेका थिए । तर, खेलको ३९औं मिनेटमा लिभरपुलका जोएल मतिपले आफ्नै पोष्टमा गोल लगाएपछि बायर्नले १–१ गोलको बराबरी गर्ने मौका पाएको थियो ।

पहिलो हाफ बराबरी खेलको लिभरपुलले दोस्रो हाफमा २ गोल थप्यो । उसका लागि खेलको ६९ औं मिनेटमा भान डिज्कले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । यसैगरी खेलको ८४औं मिनेटमा मानेले ब्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरेपछि लिभरपुलको जित सुनिश्चित भयो । र, लिभरपुलले ३–१ को जित निकाल्दै अन्तिम ८ मा स्थान बनायो ।

यसअघि पहिलो लेगको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका कारण यस खेलमा समग्रमा ३–१ को जित निकाल्दै लिभरपुल अन्तिम आठमा पुगेको हो ।

यससँगै अन्तिम १६ को दोस्रो लेगका खेलहरू सकिएका छन् । र, अन्तिम आठका टोलीहरूको टुंगो लागेको छ । अजाक्स, टोटनह्याम, पोर्टो र म्यानचेष्टर युनाइटेड, युभेन्टस, म्यानचेष्टर सिटी, बार्सिलोना र लिभरपुलले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

यता साबिकको विजेता रियल मड्रिड, पिएसजी, डर्टमुण्ड, रोमा, एथ्लेटिको मड्रिड, साल्के ०४, लियोन र बायर्न म्यूनिख भने अन्तिम १६ बाटै बाहिरिएका छन् ।

jackson ribon