birat ribon

शानदार जित निकाल्दै बार्सिलोना क्वार्टरफाइनलमा, मेस्सीले गरे दुई गोल

Neuro
शानदार जित निकाल्दै बार्सिलोना क्वार्टरफाइनलमा, मेस्सीले गरे दुई गोल

Padelux insider
cura insider

विराटनगर, फागुन ३०
स्पेनिस क्लब बार्सिलोनाले युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा स्थान बनाएको छ । बुधबार रातिको खेलमा बार्सिलोनाले फ्रेन्च फुटबल क्लब लियोनविरुद्ध ५–१ गोलको शानदार जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

जारी लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा बार्सिलोनाले लियोनलाई आफ्नै मैदानमा समग्रमा ५–१ ले हराएको हो । क्याप नोउमा भएको उक्त खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए । यस्तै फिलिप्पे कौउटिन्हो, जेरार्ड पिके र ओस्मान डेम्बेलेले समान एक–एक गोल गरे । यता पराजित टोली लुकास टुसार्टले एक गोल गरे ।

बार्सिलोनाले गोलको सुरुआत पेनाल्टी गोलबाट लिएको थियो । उसका लागि मेस्सीले खेलको १७औं मिनेटमा गोल गरेका थिए । यसैगरी खेलको ३१औं मिनेटमा कौउटिन्हो गोल गरेपछि घरेलु टोली बार्सिलोनाको अग्रता दोब्बर भयो । कौटिन्होले स्वारेजको पासमा गोल गरेका थिए ।

पहिलो हाफ २–० ले पछाडि परेको पाहुना टोलीले दोस्रो हाफमा एक गोल गर्यो । खेलको ५८औं मिनेटमा टुसार्टले गोल गरेर टोलीलाई खेलमा फर्काउन कोसिस गरे । तर, खेलको ७८ औं मिनेटमा कप्तान मेस्सीले ब्यक्तिगत दोस्रो गोल थपे । मेस्सीले सर्जियो बस्क्वेटको पासमा गोल गर्दै टोलीलाई ३–१ को स्थितिमा अगाडि बढाए ।

त्यसको तीन मिनेट बित्न नपाउँदै पिकेले गोल गरे । खेलको ८१औं मिनेटमा पिकेले मेस्सीको असिस्टमा गोल गरेपछि बार्सिलोनाले ४–१ को अग्रता बनायो । यस्तै पिकेले गोल गरेको पाँच मिनेटमा नै डेम्बेलेले एक गोल गरे । खेलको ८६औं मिनेटमा डेम्बेलले पनि कप्तान मेस्सीको पाममा गोल गरे । र, डेम्बेलेको गोलसँगै बार्सिलोनाले लियोनविरुद्ध ५–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनायो ।

जितसँगै बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको छ । पराजित लियोन भने यस लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।

यससँगै अन्तिम १६ को दोस्रो लेगका खेलहरू सकिएका छन् । र, अन्तिम आठका टोलीहरूको टुंगो लागेको छ । अजाक्स, टोटनह्याम, पोर्टो र म्यानचेष्टर युनाइटेड, युभेन्टस, म्यानचेष्टर सिटी, बार्सिलोना र लिभरपुलले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

यता साबिकको विजेता रियल मड्रिड, पिएसजी, डर्टमुण्ड, रोमा, एथ्लेटिको मड्रिड, साल्के ०४, लियोन र बायर्न म्यूनिख भने अन्तिम १६ बाटै बाहिरिएका छन् ।

jackson ribon