birat ribon

प्रदेश प्रहरी तालीम केन्द्र अब सुन्दर हरैचामा

Neuro
प्रदेश प्रहरी तालीम केन्द्र अब सुन्दर हरैचामा

Padelux insider
cura insider

विराटनगर, फाल्गुन २९ ।

प्रहरी तालिम केन्द्र अब विराटनगरबाट सुन्दर हरैचा सर्ने भएको छ । सुन्दर हरैचा नगरपालिकामा ५० विगाहा जग्गा उपलब्ध भएपछि सहजताको लागि तालिम केन्द्र उतै सर्ने भएको हो ।

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रको लागि मोरङको सुन्दर हरैचा नगरपालिका ९ मा ५० बिगाहा जग्गा उपलब्ध भएको छ । पूर्वाञ्चल विश्वविद्यालय नजिकरहेको जग्गा बुधवार तालीम केन्द्रको नाममा प्राप्त हुन आएको हो । हाल १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, सशस्त्र प्रहरी गण मुख्यालय रानी र तालीम केन्द्र गरि ३ वटै प्रहरी कार्यालयहरु एकै स्थानमा रहेकोमा पर्याप्त जग्गा र स्थान अभावमा प्रशिक्षण सम्बन्धि विभिन्न गतिविधिहरु संचालन गर्न असहजता रहेको थियो ।

स्थानमा तालिम केन्द्र स्थानान्तरण भए पश्चात फराकिलो स्थान हुने हुनाले तालीमका लागि उचित वातावरण र पर्याप्त भौतिक पूर्वाधार निर्माण गर्न समेत सहज हुने भएको छ ।

jackson ribon