birat ribon

प्रधानमन्त्री ओलीद्वारा भिक्षु अश्वघोषको स्वास्थ्य लाभको कामना

Neuro
प्रधानमन्त्री ओलीद्वारा भिक्षु अश्वघोषको स्वास्थ्य लाभको कामना


काठमाडौं, फागुन २९ ।

Padelux insider
cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मका ज्येष्ठ संघ नायकभिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । आज अपरान्ह ग्राण्डी अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले उनको स्वास्थ्य लाभको कामना पनि गरे ।

अस्पतालको व्यवस्थापन र चिकित्सकहरुलाई उनको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।  प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य पनि स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेकी थिइन् । प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने बताए ।

९३ बर्षीय भिक्षु अश्वघोष ध्यानकुटी बिहार बनेपाको प्रमुख र क्षेत्रपाटी संघाराम बिहारका संस्थापक हुन् । उनी राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । झाडापखाला,वान्ता आउने र रक्तचाप सम्बन्धी समस्या भएर अश्वघोष दुई साता देखि अस्पतालमा उपचाररत छन् ।

jackson ribon