fbpx

प्रेमप्रसाद सञ्जेलको कार्यालय अगाडी प्रहरीको नाममा हप्ता असुली

विराटनगर, फागुन २९ ।

भष्ट्रचार विरोधी अभियान सञ्चालन गर्दै आएका नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेल प्रमुख रहेको कार्यालय अगाडीबाट प्रहरीको नाममा हप्ता असुल गर्ने व्यक्ती पक्राउ परेका छन् ।

विराटनगर ३ मा रहेको श्रम कार्यालय अगाडी खुलेका पसलहरुबाट प्रहरीको नाममा हप्ता असुली गर्ने विराटनगर ३ का बिजय दाहाल पक्राउ परेका हुन् ।

सादा पोसाकमा डिउटी रहेको बताउँदै दाहालले विराटनगर–३ भट्टा चोक स्थीत श्रम कार्यालय अगाडीका पसलहरुमा रकम उठाएको गुनासो आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

दाहालले प्रहरीका नाममा ५०० देखि १००० सम्म उठाउँदै आएका थिए । प्रहरीकालागि हप्ता चाहिने बताउँदै दाहालले धम्काएर यसअघि पनि रकम उठाउने देखिएको प्रहरीले जनाएको छ ।

बुधवार श्रम कार्यालय अगाडी सञ्चालित पाथिभरा फोटोकपी सेन्टरका सञ्चालक भेषबहादुर पोखरेललाई रकम नदिए ठिक नहुने भन्दै धम्काएपछि प्रहरीलाई खबर गरेका थिए ।

सुचना पाएपछि पुगेको प्रहरीले दाहाललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अनुसार म्याद थप गरी अनुसन्धान सुरु गरेको श्रेष्ठले जानकारी दिए । पोखरेलबाट दाहालले एक हजार रुपैया लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Loading...