birat ribon

उदयपुरमा आन्तरिक मामिला मन्त्री कार्कीलाई भ्याइ नभ्याई

Neuro
उदयपुरमा आन्तरिक मामिला मन्त्री कार्कीलाई भ्याइ नभ्याई


उदयपुर, फागुन २९ ।

Padelux insider
cura insider

प्रदेश सरकार गठन भएको एक बर्ष पछि उदयपुरको सदरमुकाम गाईघाट पाइला टेकेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की मंगलबार दिनभर व्यस्त बने ।
पहिलोपटक उदयपुर पुगेका मन्त्री कार्की मंगलबार ५ वटा कार्यक्रममा सहभागि भए ।

समग्र प्रदेशको शान्ति सुरक्षा, कानुन निर्माण, सम्बन्ध विस्तार, सूचना प्रविधि सबै कार्की नेतृत्वको मन्त्रालयमा भएको कारण पनि उनी पहिलो पटक उदयपुर पुग्दा भ्याइ नभ्याई भएको हो ।  बिहान १० बजे सदरमुकाम गाईघाट आईपुग्ने कार्यक्रम रहेपनि पहिलो कार्यक्रम बाटोमा आउनेक्रममा सडक छेउमै रहेको इलाका प्रहरी कार्यालय सुन्दरपुरको निरीक्षण रह्यो । मन्त्री आउने खवर पाउनसाथ बाटोमा कार्यकर्ताको स्वागतलाई समेत समय उपलब्ध गराए ।

भेटघाट छिचोल्दा उनी बिहान ११ः३० बजे मात्र गाईघाट बजार प्रवेश गरे । प्रवेश गरेलगत्तै मन्त्री कार्कीको दोस्रो कार्यक्रम नेपाल पत्रकार महासंघ उदयपुर शाखामा बन्यो । महासंघको नवनिर्मित भवनको अवलोकनसँगै महासंघका अध्यक्ष भरत खड्काले महासंघकोतर्फबाट माथिल्लो तलमा संचार डेक्स स्थापना, अतिथि गृहसहितको भवनको माथिल्लो तला निर्माण, घेराबेरा र पत्रकार क्षमता बृद्धीका लागि सहयोग सम्बन्धि एक प्रस्तावना पेस गरे ।

लगत्तै मन्त्री कार्की प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले २० मिनेट समय खर्च गरे । मन्तव्यकै क्रममा समय अभावले धेरै बोल्न नसक्ने संकेत गर्दै उनले समय अभाव भएपनि पत्रकारहरुको विभागिय मन्त्री पनि भएकाले प्रदेशका दुई÷चार शब्द बोल्न मात्र आफु सहभागि भएको बताए । त्यसक्रममा उनले अध्यक्ष खड्काले पेस गरेको प्रस्तावनामा सकेसम्म यसै चालु आर्थिक वर्षमा र नभए अर्को आर्थिक वर्षको कार्यक्रममा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री कार्की पत्रकार सम्मेलन सकेर जिल्ला प्रशासन कार्यालयमा मा पुग्नसाथ मुलगेट छेउमा सेवाग्राहीलाई लक्षित गरी स्थापना गरिएको नागरिक सहायकता कक्षको शुभारम्भ गरे । प्रशासनले आएका सेवाग्राहीलाई सहजरुपले सेवा दिन केहि महिना अघि नागरिक सहायता केन्द्रको स्थापना गरेको थियो ।

केन्द्रमा सामान्य झैझगडाको मेलमिलाप गराउने, निवेदन लेख्न नसक्ने सेवाग्राहीको निवेदन लेखिदिने, हुलाक सेवाअन्र्तगतको टिकट वितरण, फोटोसहितको मतदाता परिचय बनाईदिने, डिजिटल वडापत्र सञ्चालन गर्ने लगायतका सेवा पुर्याईने प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले बताए ।

त्यसलगत्तै मन्त्री कार्की प्रशासन कार्यालय भित्रै जिल्ला सुरक्षा समितिको बैठकमा सहभागि भई सुरक्षा अबस्था बारे जानकारी लिँदै आबश्यक निर्देशन दिए । लगत्तै कार्यालय प्रमुखहरुको बैठकमा प्रवेश गरे र समग्र जिल्लाका कार्यालयका अबस्था बुझ्दै आबश्यक निर्देशन दिए । विशेषगरी जनताको चासोको बिषय सहज सेवासुबिधा र शान्तिसुरक्षाका बिषयमा निर्देशन दिएका थिए ।

वैठक सकियलगत्तै त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडा पुगे । करिव २ः३० बजे क्याम्पस पुगेका मन्त्री कार्कीले क्याम्पसले आयोजना गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र सार्वजानिक कार्यक्रमको उद्घाटन गर्दै उक्त प्रमाणपत्र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रकुमार बस्नेतलाई हस्तान्तरण गरे । उनले प्रदेशका प्राथामिकतामा परेका ४ वटा क्याम्पस मध्ये त्रियुगा क्याम्पस एक रहेको बताए ।

उनले भने, ‘शैक्षिक वातावरण, उत्पादित जनशक्तिको रोजगारका हिसावले त्रियुगा क्याम्पस अब्बल रहेको पाइएको छ, त्यसैले प्रदेश सरकार यो क्याम्पसलाई कुनै एक संकायको विश्वविद्यालय बनाउने योजनामा छ । विश्वविद्यालय बनाउनका लागि चाहिने जग्गाजमिन प्रसस्त रहेको र केहि भौतिक पुर्वाधार तयार पार्नसाथ सहजरुपले सञ्चालन गर्न सकिने भएकाले प्राथामिकतामा रहेको उनले बताए ।

क्याम्पसको कार्यक्रममा आफ्नो भनाई राखेसँगै मन्त्री कार्की सोमबार आफ्नो आमा गुमाएका त्रियुगा नगरपालिकाका वडानं १२ का अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका नेता जयविक्रम राईको घरमा पुगि समवेद्ना व्यक्त गरे ।

खादा र मायाको चिनो अनाथलयमा

यसैविच मन्त्री कार्कीले क्याम्पसले आयोजना गरेको कार्यक्रममा अतिथिको स्वागत तथा सम्मानका लागि राखिएको खादा र मायाको चिनोलाई रचनात्मक काममा लगाएका छन् । खरिद गर्नेक्रममा उनले खादा र मायाको चिनोमा खर्च हुने रकम झापाको उर्लावारीमा रहेको अनाथलयमा उपलब्ध गराउन आग्रह गरेपछि त्यसवापतको ६ हजार रुपिँया क्याम्पसले अनाथलयको खातामा जम्मा गरिदिएको छ ।

अनावश्यक हुने खर्चलाई कटौती गर्दै मन्त्री कार्की रकम सदुपयोगका लागि त्यसतर्फ सहयोगको अपिल गरेका हुन् । उनले भने, ‘एकछिन घाँटीमा वेरेर राख्नुभन्दा अनाथलयमा रकम पुग्यो भने, त्यसको व्यवस्थापनमा सहयोग पुग्छ त्यसैले आफु सहभागि हुने सबै कार्यक्रममा यसका लागि अनुरोध गर्दै हिडेको छु ।

jackson ribon