birat ribon

महिला साफ च्याम्पियन्ससिप : माल्दिभ्सको पोष्टमा भारतको आधा दर्जन गोल

Neuro
महिला साफ च्याम्पियन्ससिप : माल्दिभ्सको पोष्टमा भारतको आधा दर्जन गोल

Padelux insider
cura insider

विराटनगर, फागुन २९
पाँचौं संस्करणको महिला साफ च्याम्पियन्ससिप फुटबल प्रतियोगिताअन्तर्गत साबिकको विजेता टोली भारतले जितको सुरुआत गरेको छ । बुधबार भएको यस संस्करणको दोस्रो खेलमा भारतले माल्दिभ्सको पोष्टमा आधा दर्जन गोल लगायो ।

नेपालमा पहिलो पटक आयोजना भएको यस खेलमा समूह ‘बी’ मा रहेको भारतले माल्दिभ्समाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । विराटनगरस्थित शहीद रंगशालामा भएको यस खेलमा भारतलाई जिताउन सञ्जुले दुई गोल गरिन् भने संगीता बस्फोरा, स्वीटीदेवी, इन्दूमति, र रतनबालालले समान एक-एक गोल गरिन् ।

खेलको आठौं मिनेटमा संगीताको गोलमार्फत् अग्रता बनाएको भारतले १२औं मिनेटमा स्वीटीदेवीको गोलमार्फत् अग्रता दोब्बर बनाएको थियो । यसैगरी खेलको २१औं मिनेटमा इन्दुमतिले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाउँदा २७औं मिनेटमा सञ्जुले गोल गर्दै ४–० को अग्रता दिलाइन् ।

यसैगरी खेलको इन्जुरीसमयमा रतनबालाले गोल गर्दै ५–० को अग्रता दिलाइन् । पहिलो हाफ नै ५–० को अग्रता बनाएको भारतले खेल सकिँन लाग्दा एक गोल थप्यो । उसका लागि सञ्जुले ब्यक्तिगत दोस्रो तथा भारतका लागि छैटौं गोल गर्दै ६–० को फराकिलो जित दर्ता गराइन् ।

खेलको ३७ औं मिनेटमा माल्दिभ्सकी खेलाडीले पहेँलो कार्ड पाएकी थिइन् । यस प्रतियोगिताको पहिलो पहेंलो कार्ड माल्दिभ्सकी मारियामले पाएकी हुन् । साफका पछिल्ला ४ संस्करणमा अपराजित रहेको भारतले आज निकै नै आक्रमक खेलेको थियो ।

अब भारतले अर्को खेलमा श्रीलंकासँग खेल्नेछ । यो खेल आउँदो चैत ३ गते हुनेछ । यस प्रतियोगिताअन्तर्गत बिहीबार भुटान र बंगलादेशले खेल्नेछन् ।

jackson ribon